शनिबार, बैशाख ८, २०८१

चौध करोडको सुन्तला बिक्रीे

कास्की , फागुन । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिएका छन् । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ३, २०७३