शुक्रबार, चैत्र १६, २०८०

चैत १३ गतेदेखि अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी

काठमाडौँ, ११ चैत । विगत दुईबर्षदेखि शुरुवात भएको पुष्प प्रर्दशनी यो बर्ष पनि हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा व्यावसायिक कृषि तथा व्यापार आयोजना र कृषि विभाग, कृषि व्यवसाय पवद्र्धन कार्यक्रम सह आयोजकका रुपमा आगामी चैत १३ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेला आयोजना हुने भएको छ ।

यस अगाडि सन् २००१ मा प्रथम पटक अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेला गरेको संस्थाले पुनः एकदशक पछि दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलाको आयोजना गर्न गइरहेको फ्लोरिकल्चरका उपाध्यक्ष तथा मेलाका संयोजक कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा व्यावसायिक कक्ष ५९ वटा, सूचनामूलक १५ वटा र अन्तर्राष्ट्रिय सहभागिता कक्ष २१ वटागरी जम्मा ९५ वटा प्रदर्शनी कक्ष रहने बताइएको छ ।
झन्डै ४१ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइरहेको यस व्यवसायले आव २०६९÷७० मा आयात र निर्यात गरी करिब रु एक अर्ब १५.५७ करोडभन्दा बढीको कारोबार गरेकोे फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७०