बिहिबार, चैत्र १५, २०८०

चीनबाट गाई ल्याउने सम्झौता दूधका लागि मात्र होइन भित्री रहस्य अर्कै छ !

काठमाडौं, चैत्र । चीनबाट गाई ल्याउने प्रसंग अहिलेको होइन । अघिल्लो पटक केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बखत कृषि विकास मन्त्रालयलाई फुटाएर पशुपन्छी विकास मन्त्रालय बनाए पश्चात नै यो चर्चा भएको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डका तात्कालिन कार्यकारी निर्देशक कैलास ढुङ्गेलले केही व्यापारीहरुको गोप्य बहसपछि नै शुरु भएको थियो चीनबाट गाई ल्याउने चलखेल ।
त्यसबेला कृषि अनलाईनले समाचार प्रकाशन गरी सरोकारवाला, व्यवसायिक पशुपालन गर्ने किसान, साना किसान, किसानका नेतृत्व गर्ने राजनीतिक दलहरुलाई समेत सचेत नगराइएको होइन । तर त्यसबेला चीनबाट गाई ल्याउने कुरालाई नत विज्ञहरुले चासो दिए, नत व्यवसायी वा किसानको नेताहरुले नै ।
अहिले प्रदेश नं. २,३ र ४ मा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सम्झौता गरेपछि झस्किएका छन् सरोकारवालाहरु ।
गाई चीनबाट ल्याउने सम्झौता प्रदेश मन्त्रालयले गर्न मिल्थो वा मिल्दैनथ्यो त्यो फरक विषय बन्न सक्ला तथापी केही विद्धानहरु अहिले त्यसका विपक्षमा वकालत गरिरहेका छन् । त्यसबेला गाई ल्याउनेका विपक्षमा तात्कालिन पशुपन्छी विकास मन्त्रालयका एकदुई उच्च कर्मचारी बाहेक कसैले पनि विरोध गरेनन् । गाइएको नश्ल सुधार गर्न सकिन्छ भन्ने वहश गर्नु पर्दछ भन्ने कुरा पनि नउठेको होइन । तर ध्यान दिइएन र यतिखेर चीनको गाईल्याउने सम्झौताले तनाव बनाएको छ अमूल भ्यिाउने खेल जस्तै ।
जव भयो राती अनि बुढी ताती भने जस्तै भएको छ यतिखेर विज्ञहरु भु्रण ल्याउन की गाईल्याउने कुरामा बहस गर्न थालेका छन् प्रचार वाजी गर्न थालेका छन् । नेपालको कृषि क्षेत्रको विकास नहुनुको यो पनि एउटा कारण हो जहाँ समय अनुरुप न त काम गरिन्छ न त कुरा नै । जसले विगतमा नै गाई ल्याउने प्रपञ्च रचे उनी नै अहिले प्रदेश नं ३ मा मन्त्री बनेका छन् । अनि उनैले निमित्त कृषि सचिव अर्थात उपसचिव मार्फत सम्झौता गर्न लगाएका छन् । चीनबाट गाई छुमन्तरले ल्याउन खोजिएको होइन लामो गोप्य सल्लाह बमोजिम नै आउन लागेको छ । चीनबाट गाई ल्याउँदा वर्तमान अवस्थामा केही फाइदा त होला तर त्यसले दूरगामी असर भने निम्त्याउने छ । नेपालमा अहिले भईरहेका गाई तथा वाच्छाबाच्छीलाई अवको ५ वा १० वर्षपछि व्यवस्थापन कसरी गर्ला सरकराले ? बुढी गाईहरुको व्यवस्थापन कसरी भईरहेको छ भन्ने कुरा तर्फ एक पटक सोच्नु पर्ने अवस्था आएको छ ।
भारतीय प्रधानमन्त्रीले पनि कुनै समय नेपालमा हजारौ गाई दिने भनेका थिए । अहिले चीनले सम्झौता नै गरिसकेको छ । नेपालमा हजारौं गाई भित्रियोस्, नेपाल दूधमा आत्मनिर्भर होस् सवैको चाहना पनि होला ? तर अहिले नै नेपाली किसानहरुले मिल्क होलि डे भन्दै दूध सडकमा फाल्नु परेको एउटा उदाहरण छ भने त्यसरी हजारौको संख्यामा यो वा त्यो नाममा गाई भित्र्याउँदा भविष्यमा जटिलता आउन सक्छ । सरसर्ति हेर्ने हो भने कालान्तरमा भैसी, राँगा जस्तै नेपालमा पनि गाई व्यवस्थापनका लागि भन्दै गाई काट्ने कानून ल्याउन प्रपञ्चको लागि पूर्व तयारी पनि हुन सक्ने विज्ञहरुले बताउँछन् ।
नेपालमा हजारौं लाखौं गाईहरु दूध नदिने भए पश्चात ती गाईहरु कसरी व्यवस्थापन गर्छन् । वर्तमान सविधानले नेपालमा गाई काट्ने वा मासु बेचविखन गर्न पाउने व्यवस्थालाई वन्देज गराएको छ । यसले पनि के अनुमान लगाइएको छ भने केही समय पश्चात गाई व्यवस्थापनका नाममा नेपालमा पनि चीनमा वा अन्य मुलुकमा जस्तै गाई काट्ने कानून ल्याउन खोजिएको आशका गरिएको छ । गाईको ल्याउने प्रसंग दूधसँग मात्र जोडिएका छैन । त्यसभित्र धेरै अमूर्त कुराहरु लुकेका छन् त्यसतर्फ सरोकारवालाहरुको ध्यान जानु आवश्यक छ । – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: बुधबार, चैत्र ६, २०७५