बिहिबार, बैशाख १३, २०८१

चीनको ‘राईस पार्क’ पुगे धान विज्ञहरु

चीन, वैशाख । अन्तर्राष्ट्रिय रुपमा नै धान उत्पादन बृद्धि गर्ने उदेश्यले चीनको हाइनान राज्यको सान्या शहरमा विभिन्न दश देशका धान विज्ञहरु एकै ठाउँमा भेला भएका छन् । rice park 2
चीन सरकार, युनान विश्व विद्यालय र फरएभर ट्रपिकल प्याराडाईज, सान्या समेतको सहभागितामा निजी साझेदारीमा सञ्चालन गरेको ‘राईस पार्क’ क्षेत्रमा विभिन्न देशका धान विज्ञहरुलाई एकै ठाउँमा राखेर धानको उत्पादकत्व बृद्धि गर्ने विषयमा छलफल शुरु भएको छ । २ सय हेक्टर जग्गामा रहेको ‘राईस पार्क’ मा ५ सय प्रकारका धान उत्पादन गर्ने गरिएको भिलेजका प्रमुख के योङ्ग चुनले कृषि अनलाइनलाई बताए । rice park 1
चुनका अनुसार सो ‘राईस पार्क’ को २ सय हेक्टर जमीनमा लगाइएको विभिन्न पाँच सय प्रकारका धान उत्पादनले धानको अनुसन्धान कार्यमा संलग्न बैज्ञानिकहरुलाई मद्दत पुग्ने बताएका छन् । साथै उनले सो क्षेत्रमा उत्पादन गरिएको धानका सवै जातहरुले बार्षिक तीन बाली उत्पादन गर्ने समेत बताए । rice park 3
करीव २४ देखि ३२ डिग्री सेल्सियस तापक्रममा उत्पादन गर्न सकिने सवै जातका धानले प्रतिहेक्टर १२ टन उत्पादन हुने फार्ममा अनुसन्धानरत युआन जिन चिङ्गले जानकारी दिएका छन् ।
रासायनिक तथा प्रांगारिक दुवै मलको प्रयोग गरी हाईव्रिड धानको बीउ मार्फत नयाँ प्रविधि प्रयोग गरी धानको अझ बढी प्रकारका बारेमा अनुसन्धान गर्ने र अनुसन्धान पश्चात प्राप्त जानकारीलाई तत्काल सार्वजनिक गर्ने गरी सो क्षेत्रलाई कृषि पर्यटनलाई समेत बढावा दिने गरी ‘राईस पार्क’ अवधारणा अघि सारेको समेत बताइएको छ । चीनबाट वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४