बिहिबार, बैशाख १३, २०८१

चिया टिप्न शुरु

इलाम, आषाढ । चियाको दोस्रो यामको टिपाई शुरु भएको छ । अघिल्लो वर्ष पहिलो यामको टिपाईपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यसपटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।
जिल्लाका सवै साना ठूला चिया कारखानाले दोस्रो टिपाईको प्रशोधन थालेका छन् । यस यामको मूल्य, गुणस्तर अनुसार प्रतिकिलो २५ देखि ३५ रुपैयाँ तोकिएको छ । कारखाना धेरै भएकाले यसपटक हरियोपत्तीको अभाव खेप्नु परेको छैन ।
अर्गानिक कारखानाले भने वर्षभरी एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो ६० रुपियाँमा कारखानाले चियापत्ती खरिद गर्दछने । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टि प्रोडयुसर्स प्रालिले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, असार १, २०७४