बिहिबार, बैशाख १३, २०८१

चिया उत्पादक किसानलाई अर्गानिक प्रमाणपत्र

इलाम, १ चैत्र । नेपाली अर्गानिक कृषिलाई प्रवद्र्धन गर्नका लागि विभिन्न विदेशी दातृनिकायहरु सक्रिय रहिरहेका बेला इलाममा भने विगत लामो समयदेखि अर्गानिक चिया उत्पादन, प्रशोधन र बिक्री वितरणमा संलग्न इलामका ४९२ जना किसानलाई अर्गानिक प्रमाणपत्र प्रदान गरेको छ ।

विश्व बजारमा नेपाली चियाको माग बढेसँगै चियामा आचारसंहिता लगाउँदै आएका छ वटा सहकारी संस्थाका किसानलाई हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालिले नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर अष्ट्रेलिया (नासा) बाट प्रमाणित प्रमाणपत्र प्रदान गरेको हो ।
साँखेजुङस्थित उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, ग्रिनहिल चिया सहकारी संस्था, चारखोल चिया उत्पादक सहकारी संस्था मङ्गलबारे, त्रियुगा चिया उत्पादक सहकारी संस्था शान्तिडाँडा, हरियाली जैविक चिया उत्पादक सहकारी संस्था माइपोखरी, साँखेजुङ चिया उत्पादक सहकारी संस्था र साना किसान चिया उत्पादक समूहमा आबद्ध किसानलाई अर्गानिक प्रमाणपत्र वितरण गरिएको हो । यी किसानको २७५ हेक्टरमा लगाइएको चियाखेतीसमेत नासाबाट प्रमाणित भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र १, २०७०