शुक्रबार, चैत्र १६, २०८०

गोरुको विकल्प खोज्दै किसान

म्याग्दी, १४ मंसिर । परम्परागत रुपमा गोरुको प्रयोग गरी हलोले खनजोत गर्दै आईरहेका किसानहरु गोरुको विकल्प खोज्न थालेका छन् म्याग्दीका किसानहरु यान्त्रिक हलोप्रति आकर्षित भएका छन् । ग्रामिण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमका रुपमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको हो । गाउँ गाउँमा किसानले यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् ।
यान्त्रिक हलोको प्रयोगसँग उत्पादन लागत घटेको र सजिलो भएको किसानलहरुले बताएका छन् । बेनी नगरपालिकाका सार्थै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका हुन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४