मङ्लबार, चैत्र ६, २०८०

गैँडाको आक्रमणबाट घाइते

चितवन,जेठ । चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट सोमबार एक व्यक्ति गम्भीर घाइते भएका छन् । पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार बिहान करीब १० बजे उक्त घटना भएको थियो ।

खुट्टामा गम्भीर चोट लागेका उनको  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ । विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ७, २०७५