बिहिबार, चैत्र १५, २०८०

गृहको निर्देशनपछि किसानको पैसा नतिर्ने राकेश अग्रवाल पक्राउ

काठमाडौं, कार्तिक । पटक पटक उखु किसानहरुले पाउनु पर्ने भुक्तानी दिने प्रतिवद्धता जनाउने तर रकम भुक्तानी नगर्ने अन्नपूर्ण सुगर मिलका प्रवन्ध निर्देशक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
किसानहरुले आफूल्े पाउने पर्ने भुक्तानी नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएपछि गृह मन्त्रालयको आदेशमा अग्रवाल प्रहरी फन्दामा परेका हुन् ।
अग्रवालले सञ्चालन गरेको सर्लाहीम रहेको अन्नपूण सुगर मिल्स प्रालिले किसानलाई ३८ लाख ६८ हजार भुक्तानी नतिरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
त्यस्तै अग्रवालले नै सञ्चालन गरेको नवलपरासी जिल्लामा रहेका इन्दिरा सुगर एण्ड एग्रो प्रालिले पनि उखु किसानहरुलाई ८ करोड ५८ लाख रुपैयाँ नतिरे पछि नवलपरासीका उखु उत्पादनक किसानले आन्दोलनमा उत्रने चेतावनी सरकारलाई दिएका थिए ।
सर्लाही तथा नवलपरासीका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो भुक्तानी गराईदिने विगतदेखि नै निवेदन दिएका थिए । किसानहरुको समस्या समाधान गनृका लागि दुवै जिल्लामा प्रमुख जिल्ला अधिकारीले पटक पटक गरेको आग्रहलाई अग्रवालले वेवास्ता गर्दै आईरहेका थिए ।
किसानहरुले आन्दोलन गर्न भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले अग्रवाललाई पक्राउ गर्न निर्देशन दिएको हो ।
गतवर्ष पनि अग्रवालले चाडपर्वको मुखका किसानहरुलाई दिनु पर्ने भुक्तानी नदिई झल्याउने काम गरेका थिए । अग्रवालले सञ्चालन गरेको अन्नपूर्ण सुगर मिलले नेपाल इन्भेष्टमेण्ट वैकबाट लिएको ऋण जुन प्रयोजनका लागि भनेर लिएको हो सो प्रयोजनभन्दा फरक प्रयोजनमा प्रयोग गदै आईरहेको छ । त्यसका विपक्षमा पनि उजुरी परेको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५