बिहिबार, चैत्र १५, २०८०

गाईभैसीलाई पनि सुत्केरी भत्ता उपलब्ध

लमजुङ्ग, साउन ९ । cowलमजुङ्गमा गाईभैसीलाई पनि सुत्केरु भत्ता दिन थालिएको छ । पशु स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्ताले किसानलाई खुशी बनाएको छ । जिल्ला पशु सेवा कार्यालयले जिल्लामा ५० वटा गाईभैसीलाई दुई हजार पाँच सय रुपैयाँका दरले सुत्केरी भत्ता उपलब्ध गराएको हो । आव २०७३÷७४ मा पहिलो पटक ५० वटा गाइभैसीले यस्तो सुविधान पाएका हुन् ।
आफ्नो गोठमा उत्पादन गरिएको उन्नत नश्लको बाच्छी पाडीको पहलिो बेतमा यो सत्केरी भत्ता दिइएको हो । सुत्केरी पशुको स्यहारमा किसानलाई प्रेरित गर्न भत्ताको व्यवस्था मिलाएको पशु सेवा कार्यालयका प्रमुख डा लक्ष्मण बहादुर ढकालले बताए ।

प्रकाशित मिति: मङ्लबार, साउन १०, २०७४