बिहिबार, बैशाख १३, २०८१

गहुँ उत्पादन ५० प्रतिशत घट्ने अनुमान

बुटवल, माघ । भर्खरै पोसाउन लागेको गुहँमा फौजी किराको व्यापक रुपमा प्रकोप भएपछि रुपन्देहीका किसान चिन्तित बनेका छन् । अहिले रुपन्देही जिल्लो तिलोत्तमा नगरपालिकाको केही भाग सहित ११ वटा गाविसमा फौजी किराको प्रकोप देखिएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार फौजी कीराको प्रकोप देखिएका विभिन्न गाविसहरुमा अहिले विषादी वितरण कार्य जारी रहेको छ । gahoo
खासगरी रातको समयमा ठुलो संख्यामा एकै पटक आएर गहुँको पात खाने फौजी किराको नियन्त्रणको लागि अहिले जिल्ला कृषि विकास कार्यालय लागीपरेको कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए । उनका अनुसार भौजी किराले पहिला गहुँको पात खाने र पात पश्चात डाँठ र विस्तारै बोट नै खाएर सखाब बानउने गर्दछ । उक्त प्रकोप व्यवस्थापनको लागि जिल्ला कृषि विकास कार्यलय रुपन्देहीले क्लोरपाईरिफस ५० प्रतिशत र साईपरेमथ्रिनको ५ प्रतिशत को मिश्रण बनाएर प्रति २ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्नको लागि आग्रह गरेको छ ।
हाल समस्या लिएर जिल्ला कृषि विकास कार्यालयमा आउने किसानहरुको संख्या बढ्दै गएको र फौजी किराको प्रकोप भएको स्थानमा नै पुगेर यस विषयमा आक्स्मीक रुपमा क्षेत्रीय कृषि निर्देशनालय र केन्द्रीय स्तरमा बाल संरक्षण निर्देशानालय मा पनि यस विषयमा जानकारी प्रदान गरिएको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । उनले भने–‘हाल हामी किसानकै खेतमा छौ, यस विषयमा मन्त्रालय, क्षेत्रीय निर्देशनालयमा पनि जानकारीदिएका छौ, प्रकोप नियन्त्रणको लागि किसानहरुलाई १ हजार बोटल विषादी अनुदानको रुपमा उपलब्ध गराउने योजनामा छौं । ’
उनले सबै किसानहरुलाई सहज रुपमा अनुदानको विषादी उपलब्ध गराउनु नसक्ने तर नमुनाको रुपमा १ हजार बोटल विषादी उपलब्ध गराउन लागिएको हो । उक्त विषादी किसानले प्राविधिकको सल्लाहमा बोट भिज्ने गरी साँझ पख गहुँमा छर्नुपर्दछ ।
रुपन्देहीको वहा, बसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिण्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली, बोधबार गाविस लगायत तिलोत्तमा नगरपालिका केही स्थानमा समेत फौजी किराको प्रकोप देखिएको हो ।
करिव १०÷१५ दिन पहिला केही रुपमा देखिएको फौजी किराको अहिले प्रकोपको रुपमा देखिएको छ । जसको कारण जिल्लाको करिव ५ हजार हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने बढी क्षति करिव १ हजार हेक्टर क्षेत्रफलमा देखिएको छ । समयमानी किसानहरुले यसको नियन्त्रणको लागि विषादी प्रयोग नगरेमा करिव ५० प्रतिशत उत्पादनमा गीरावट आउन सक्ने तर्फ जिल्ला कृषि विकास कार्यालयले किसानहरुलाई सचेत बनाएको छ ।
फौजी किराले भर्खरै पोसाउन लागेको गहुँमा आक्रमण गरी कलिलो डाँठ, पात तथा पछि बाटे नै खाने गर्दछ जसको कारण गहँु पोसाउन नपाई उत्पादनमा ह्रास आउने देखिएको हो ।
फौजी किरा नियन्त्रणको लागि बजारमा विषादी उपलब्ध भएको कारण किनेर प्रयोग गर्नुपर्ने कृषि प्राविधिकहरु बताउछन् । बजारमा क्लोरपाईरिफस को रिव ६० देखि ७० रुपैयाँ र साईपरेमथ्रिनको १ सय ३० देखि ४० रुपैयाँ पर्दछ । सिफारिस गहुँको विऊ भृकुटी, विजय, एनएल् २९७, एनएल् ९७१, गौतम, आदित्य लगायतका गहुँ रुपन्देहीमा कृषकहरुले लगाउँदछन् ।
रुपन्देहीको ३० हजार हेक्टर क्षेत्रफलमा गहु लगाईने गरिन्छ । रुपन्देही जिल्लामा पनि नीजि कम्पनीहरुले गहुको विउ उत्पादन गर्दै आएका छन् । रुपन्देहीबाट मात्रै ७ सय ५० टन गहुको विउ उत्पादन हुने गरेको छ । विउ रुपन्देही जिल्लाको अलवा यस क्षेत्रको आसपासका जिल्लाहरुमा पनि निर्यात हुने गरेको छ । रुपन्देही जिल्ला गहुको विउ उत्पादनमा आत्मनिर्भर मानिन्छ । कृष्ण खनाल

प्रकाशित मिति: शनिबार, माघ ८, २०७३