बिहिबार, बैशाख १३, २०८१

गर्भवती र सुत्केरीलाई कुखुरा

सङ्खुवासभा, १ चैत । बर्डफ्लुका कारण कुखुराबाट त्रसित हुनेहरुका लागि डराउनु नपर्ने सन्देश गर्भवति र सुत्केरलिाई कुखुरा वितरणले दिएको छ । संखुवासभा जिल्लाको तामाफोक गाविसका गर्भवती र सुत्केरी आमा र बच्चालाई लक्षित गरी एक हजार ३०० कुखुरा वितरण गरिएपछि सो त्रासबाट उपभोक्ताले मुक्ति पाएका छन् ।

नेपालमा गर्भवती महिला र सुत्केरी तथा बच्चालाई राम्रो पोषण नहुँदा कुल जनसङ्ख्याको ४१ प्रतिशत पुडकोपन र कुपोषणको सिकार हुने भएकाले पाँच वर्षभित्रमा २८ प्रतिशतमा झार्ने नेपाल सरकारको लक्ष्यअनुसार सुआहारा कार्यक्रमअन्तर्गत उक्त कुखुरा वितरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, चैत्र १, २०७०