शुक्रबार, चैत्र १६, २०८०

खाद्य चौमासिक कायैशाला गोष्ठी

विराटनगर, १५ फागुन । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रथम चौमासिक कार्याशाला गोष्ठी हिजो सम्पन्न भएको छ । सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले खाद्य सामग्रीमा मिसावट र गुणस्तरहीन सामग्री उत्पादन गर्नेमाथि कडा कारबाही गर्नुपर्ने बताए ।  त्यस्तै कृषि मन्त्रालयका सहसचिव विजय मल्लिक, कृषि मन्त्रालय विकास शाखाका रामबाबु तिवारी र योजना शाखाका तारामान क्षेष्ठले उपभोक्तालाई कसरी स्वच्छ सामग्री उपलब्ध गराउने भन्नेबारे उद्योगलाई अभिप्रेरित गर्नुपर्छ भने ।  उक्त गोष्ठीमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुुख उपेन्द्र राय, खाद्य क्वारेन्टाइन प्रयोगशाला काँकडभिट्टाका प्रमुख विमलकुमार दाहाल र खाद्य निरीक्षक रमेश दाहालले आ–आफ्नो क्षेत्रका समस्याका बारेमा चर्चा गरेका थिए । उनिहरुले खाद्य सामग्रीको नमुना सङ्कलन गर्न  समस्या आउने गरेको, कर्मचारीको अभाव र न्यायिक निकाय जिल्ला प्रशासन कार्यालयहरुले समयमा निर्णय नगर्दा उपभोक्ताहरु मारमा पर्ने गरेको बताउए । कृषि सा.

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०