शनिबार, बैशाख ८, २०८१

खाद्यान्न उत्पादनमा पोषणको आवश्यकता

खाद्यान्न पहिलो आवश्यकता हो भन्ने विषयलाई लिएर सर्वप्रथम सन् १९८१ को अक्टोवर १६ तारिखलाई नेपाल लगायत १८० राष्टूहरुले विश्व खाद्य दिवसको रुपमा शुरुआत गरे । नेपालले भने उतm संगठनको सदस्यता सन् १९५१ देखि vnathहासिल गरेको थियो । खाद्य तथा कृषि संगठनले विश्वमा हालसम्म ३३ वटा विश्व खाद्य दिवस मनाइसकेको छ । यसै पुनीत अवसरको दिनलाई सम्झना गरी प्रत्येक साल खाद्य तथा कृषि संगठनले समयानुकूल विषय छनोट गरी घुमघामसाथ मनाउंदै आएको छ । यसै परिप्रेक्ष्यमा सन् २०१३ अक्टोवर १६ मूल विषयको रुपमा ू क्गकतबष्लबदभि ँययम क्थकतझक ायच ँययम क्भअगचष्तथ बलम ल्गतचष्तष्यलू छनोेट भएको थियो । यसलाई नेपालीमा परिमार्जित तथा परिष्कृत गरी ू खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार ” भन्ने नारा निर्धारण गरेको थियो । यसर्थ यस वर्षको नारा पनि विगत वर्षको सम्पूर्ण आँकडालाई अवलोकन गरी तय गरिएको थियो । अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रुपान्तरण गर्ने कुरामा जोड दिइएको छ ।
पर्याप्त पोषणको अभावमा केटाकेटीहरुको स्वास्थ्यमा समस्या आउने गरेको उल्लेख गर्दै त्यसले भविष्यमा उनीहरुको कार्यक्षमता मै प्रतिकूल असर पर्ने विश्व खाद्य कार्यक्रमको कार्यकारी निर्देशक इर्थरिन कोपसिनले जनाउनु भएको छ । पोषणयुक्त खानामा अहिलेको लगानी प्राथमिकताले भोलिको सामूहिक विश्वलाई राम्रो बनाउने भन्दै उहाँले लगानी खानाका साथै कृषि, स्वास्थ्य र शिक्षामा पनि हुनु पर्ने कुरामा जोड दिनु भएको छ । यसको साथसाथै कृषिको विकासको लागि सिचाइ, मलखाद, बीउविजन, कृषि औजार, जनशक्ति आदिको अपरिहार्य रहेको छ । कुनै पनि देशमा जबसम्म कृषि चौर्तफी विस्तार हुन सक्दैन तबसम्म त्यस देशको कृषि विकासको भाग्य रेखा कोरिन नसक्ने कुरा निर्विवाद रहेको छ । यसलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नसकेमा आर्थिक तथा सामाजिकस्तरमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ । अन्त्यमा भन्नुपर्दा शारीरिक विकास र तन्दुरुस्तीका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरुको कमी भएमा शारीरिक दुर्बलताको सिकार भइन्छ । जसलाई कुपोषण अर्थात पोषणको कमी भनिन्छ । नेपालमा पाँच वर्ष मुनिका करिब ५० प्रतिशत वा भन्दाबढी बालबालिका पोषणको अभाव रहेको बताइन्छ । जसका कारण उनीहरुको अकालमा मृत्यु समेत हुने गरेको छ । पोषणको अभावमा वा बालबालिको स्वास्थ्यमा समस्या आउने तथा भविष्यमा उनीहरुको कार्य क्षमतामा प्रतिकूल असर पार्ने कुरा संयुक्त राष्टूसंघीय विश्वखाद्य कार्यक्रमले समेत प्रष्ट पारिसकेको छ । गरिबीका कारण, पौष्टिक तत्व तथा सन्तुलित भोजन बारे अनभिज्ञता, भौगोलिक बनाबटका कारण एक ठाउबाट अर्को ठाउँमा खाद्यान्न पु¥याउन नसक्नु, आफ्नो घरको करेसाबारीमा भएका सागसब्जी, फलफूल, गेडागुडी एवं अन्य परिकारहरु अनुपात मिलाएर खान नजान्नु आदि कुपोषणका केही कारण हुन ।
त्यस्तै कुपोषणका केही कारण हुन । त्यस्तै भौगोलिक बनाबट, हावापानी, आर्थिक स्तर आदिलाई ध्यान नदिइ विदेशबाट आयात गरिएको महँगो खाद्य पदार्थबाट मात्र सन्तुलित भोजन प्राप्त हुन्छ भन्ने गलत धारणा रहेको पाइन्छ । सजिलोका लागि बालबालिकालाई अभिभावकले नै जंक फुड दिनाले पनि पोषणको कमी भएको पाइएको छ । यी माथि उल्लेखित पौष्टिक पदार्थहरु प्राप्त गर्नका लागि कृषि विकासको खाँचो पर्दछ । यसर्थ मानवलाई आवश्यक पर्ने विभिन्न किसिमका खाद्यान्न वस्तुहरुको उत्पादनमा महत्वपूण स्थान रहेको छ  । कृषि विकास र खाद्यान्न एक अर्काका परिपूरक हुन । कृषि विकास गर्नको लागि आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा वेवास्ता गरियो । यो हुनुको मुख्य कारण हो विभिन्न विकसित देशहरुले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यहि कारणले गर्दा नै हाल आएर खाद्यान्न वस्तुको मूल्यमा बृद्धि भयो । वर्तमान विश्व अर्थ व्यवस्थामा मासु र दुग्ध उत्पादनको उपभोगमा भएको मागको बृद्धि सँगसँगै पशु आहाराको माग बढ्दो रुपमा छ । विगत ३० वर्षमा औपचारिक विकास सहायताअन्र्तगत विकसित र विकासशील देशहरुले कृषि क्षेत्रमा गरेको उपेक्षा र अत्यन्त न्यून लगानी आजको खाद्य संकटको मूल कारण हो  भन्ने ठहर खाद्य तथा कृषि संगठनको छ । विश्वमा प्रति वर्ष करिब ८ करोडका दरले जनसंख्या बृद्धि भएको छ । यसको साथ साथै विश्व तापक्रममा बृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्य वस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनुले गर्दा खाद्य वस्तुको मूल्य अनिश्चित हुनु अर्को मुख्य कारण यो पनि हो । विश्वका धेरै मुलुकहरुले कृषि उत्पादनलाई भन्दा  विलासिताका सामानलाई प्रथम प्राथमिकता दिएको कारणले गर्दा खाद्य वस्तुहरुको उत्पादनमा कमी नै आयो । जसले गर्दा उत्पादन र बजारीकरण बीच तालमेल मिल्न सकेन । जसले गर्दा उपभोक्ताले चाहे अनुसारको खाद्यन्न प्राप्त गर्न सक्दैनन् । अतः खाद्यवस्तु तथा इन्धनको गत वर्षमा भएको उच्च मूल्यबृद्धिले विकासोन्मुख राष्टूका खासगरी ग्रामीण क्षेत्रहरुको अवस्था दयनीय बनाएको छ । कृषि मार्फत जनतालाई दिने सेवाको परिचालन ग्रामीण क्षेत्रमा बढी भन्दा बढी रुपमा गरेको खण्डमा कृषिका विविध खाद्यान्नहरुको सजह रुपमा एक ठाउँबाट अर्को ठाउँमा सजिलै सँग विक्री वितरण गर्न सकिन्छ । यसले गर्दा खाद्य संकटलाई निराकरण गर्नुको साथसाथै ग्रामीण भेगका जनताले सजिलैसँग रोजगारीको अवसर प्राप्त गर्न सक्छन् ।
यसले गर्दा सरोकारवाला व्यक्ति वा निकायहरुलाई निर्णय गर्ने क्षमता अभिवृद्धि गर्न, अस्थिरता न्यूनीकरण गर्न, राष्टिूय वा क्षेत्रीय खाद्य सुरक्षा कायम गर्न, आपतकालिन अवस्थाको लागि खाद्य भण्डारण गर्न र खाद्य संकटको अवस्थामा खाद्यान्नमा असुरक्षित समूहलाई खाद्य सुरक्षामा सुनिश्चित गर्न सहयोग गर्छ । विश्वमा बढ्दो जनसंख्यको कारणले गर्दा एकातिर खाद्यान्न आवश्यकताको माग दिनहूँ बढ्दै गएको छ भने अर्कोतिर कृषि भूमिको विविध कारणले गर्दा उत्पादनमा ह्रासको  कारणले गर्दा खाद्यन्न घट्दो रुपमा रहेको देखिन्छ । अतः विकसित तथा बिकासोन्मुख राष्टूहरुले जतिसक्दो रुपमा खाद्यान्नको भण्डारलाई भरिपूर्ण गर्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला ।
-विश्वनाथ खरेल

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २७, २०७०