मङ्लबार, चैत्र ६, २०८०

खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु, असार । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्नको अभाव हुन थालेको छ । जसले गर्दा खाद्यन्नको मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।
थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताए । मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् ।
दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ । सोलु दूधकुण्ड नगरपालिका–५ की करिश्मा बस्नेत मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउनुहुन्छ । उनी भन्छिन्, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ ।”

प्रकाशित मिति: शनिबार, असार २, २०७५