बिहिबार, बैशाख ६, २०८१

खडेरीका नाममा बजेट स्वाहा पार्ने दाउ

विराटनगर, साउन । केही दिन अगाडिसम्म तराईका विभिन्न जिल्लामा पानी नपरेर खडेरीरले गर्दा किसानहरुले धान रोप्न पाएनन् । खेतमा राखेका धानका वीउ पहेलै भएर सुक्न थाले । तर कृषि उत्पादकत्व बृद्धि गर्ने फोस्रो भाषण छा्ट्दै आईरहेका कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले लामो समयसम्म ध्यान पु¥याउन सकेनन् ।ministry-of-agriculture
साउनको १५ नाघेपछि बल्ल खडेरीका कारण तराई क्षेत्रमा परेको प्रभावको अध्ययन गर्न कृषि विकास मन्त्रालयले पाँच सदस्यीय टोली गठन ग¥यो । खडेरीको प्रभावको अध्ययन गर्न जिल्ला नपुग्दै बर्षा भयो । बर्षाका कारण किसानहरु उत्साहित त भए तर धान रोप्नको लागि बीउको अभाव ज्यूँका त्यूँ छ ।
खडेरीको समस्या समाधान गर्नका लागि भन्दै कृषि विकास मन्त्रालय ठूलो बजेट सहितको कार्यक्रम पनि बनाएको छ । यतिखेर कृषि विकास मन्त्रालयका उच्च अधिकारी गोष्ठिका नाममा विराटनगरमा भाषण ठोकिरहेका छन् । तर किसानले पाएको दुखका बारेमा बोल्न सकिरहेका छैनन् ।
यो वा त्यो नाममा बजेट सिध्याउन माहिर मानिएका कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले तराईमा निरन्तर बर्षा भएपनि यतिखेर खडेरीको चर्चा चलाउन थालेका मात्र होइनन् बजेट स्वाहा पार्ने दाउमा छन् । कृषि विकास मन्त्रालय श्रोतका अनुसार वर्षा भएपनि खडेरीका लागि छुट्याएको कार्यक्रम र बजेटलाई निरन्तरता दिने पक्षमा मन्त्रालयका उच्च अधिकारी छन् ।
खडेरी हुँदा सम्म मौन बस्ने उच्च अधिकारीहरुलाई अव वर्षा पश्चात खडेरीको समस्या समाधान गर्न गठित समितिले कस्तो प्रतिवेनद बुझाउने छ । र कार्यक्रमको बजेट कसरी सिध्याउने छ भन्ने विषयमा हेर्ने बेला आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४