शनिबार, बैशाख ८, २०८१

क्वालिटी मिट प्रोसेसिङको उत्पादनको माग बढ्दै

काठमाडौं, फागुन । क्वालिटी मिट प्रोसेसिङ इन्डष्ट्री प्रा.लि. बुटवलको उत्पादनको गरेको चिकेन नुगेट्स, चिकेन बर्गर पाटी, चिकेन पपकर्न, चिकेन ब्रेस्ट कटलेट, चिकेन ससेज, फ्रोजेन बासा फिस, फ्रोजेन प्राउन, फ्रोजेन स्वीट कर्न एण्ड ग्रिन पिज, हास ब्राउन, भेजिक स्टीक, फ्रेन्च फ्राइ, आलु टिक्की, बर्गर पाटी, स्मोकी बाइटस्, सुपर वेयज लगायतका उत्पादनहरु माग बढ्दै गएको कम्पनीले जनाएको छ ।
आफ्नो उत्पादनको माग बढ्दै गएको कम्पनीका प्रवन्ध निर्देशक कृष्णप्रसाद पौडेलले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । उनले आफ्नो कम्पनीले उत्पादन गरेका मासु तथा मासु जन्य पदार्थको माग बढ्दै गएकाले मुलुकभरी नै सप्लाई बढाएको समेत बताए । उनले कम्पनीद्धारा उत्पादित बस्तु हाइजेनिक हुनुका साथै स्वास्थ्य बद्र्धक भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १२, २०७३