शुक्रबार, बैशाख ७, २०८१

‘कोल्ड स्टोर’ कागजमा मात्रै सिमित

बुटवल, बैशाख । दैनिक १ करोड भन्दा बढिको कारोबार हुने बुटवलको ‘बुटवल कृषि उपज तथा फलफुल थोकबाजार केन्द्र’ एक दिन अवरोध हुँदा ६ देखि ७ लाख सम्मको घाटा व्यवसायीहरुले व्यहोर्नुपर्दछ ।’ देशका करिव ५५ वटा जिल्लाको काराबार हुने थलोको रुपमा विकास भएको बुटवलको कृषि उपज थोक बजार केन्द्र कालिमाटी पछिको सबैभन्दा ठुलो बजार हो । जुन राजधानी बाहिरको सबैभन्दा ठुलो कृषि बजारको रुपमा समेत पहिचान बनाएको छ ।
कृषि मन्त्रालय, बुटवल उपमहानरपालिका र लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको त्रिपक्षिय सम्झौता अनुसार निर्माण भएको कृषि थोक बजार केन्द्रमा चिस्यान केन्द्र नहुँदा प्रत्येक बर्ष व्यवसायीहरुले लाखौं रुपैयाँ यत्तिकै गुमाउदै गएका छन् ।
हाल सञ्चालनमा रहेको कृषि उपज केन्द्र संगै कम्तिीमा १५ बर्ष सम्म सञ्चालन गर्न सक्ने गरी अर्को आधुनिक सुविधा सम्पन्न राष्ट्रिय स्तरको कृषि थोक बजार स्थापना गर्ने सहमती भएको थियो । जसमा आधुनिक चिस्यान केन्द्र(कोल्डस्टोर) सहितको हुने उल्लेख छ । यद्यपी २०६३ सालमा सञ्चालनमा आएको थोक बजार केन्द्रमा का कोल्डस्टोरको व्यवस्थान हुन सकेको छैन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरका अनुसार आधुनिक सुविधा सम्पन्न मोडलमा चिस्यान केन्द्र सहितको उपज केन्द्र निर्माणको लागि २०–३० विघा क्षेक्रल जग्गा बुटवल उपमहानगरपालिका संग मागिएको छ । यद्यपी बुटवल उपमहानगरपालिकाले भने यस विषयमा चासो देखाएको छ ।
फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरका अनुसार बुटवल–१२ देवीनगरमा रहेको(हाल ट्रायल सेन्टर) रहेको जग्गा उपयुक्त छ । तर यसमा नगरपालिका संग पटक पटक सल्लाह गर्दा समेत उपलब्ध हुन सकेको छैन । ५ सय भन्दा बढि स्टल सहितको कृषि प्रसोधन केन्द्र, प्याकेजिङ्ग र ग्रेडीङ्ग, कृषि सामग्री औजार, विउ, मल नर्सरी सहित फुलहरु र विषादी प्रयोगशाला, किसानलाई तालिम केन्द्र सवारी पार्किङ्ग सहितको बैंक र सुरक्षा चौकी समेत राख्ने गरी नयाँ स्थानमा कृषि उपज केन्द्र प्रस्ताव गरिएको छ । यद्यपी जग्गा अभावको कारण उक्त कार्ययोजना प्रभावित भएको हो ।
मौसमी रुपमा उत्पादन भएका विभिन्न फलफुल तथा तरकारी स्टोर गरी बेमौसमीरुपमा विक्रि वितरण गर्न सहजताको लागि व्यवसायीहरुले कोल्ड स्टोर अर्थात चिस्यान केन्द्र स्थापनाको पहल गरेको लामो समयसम्म पनि स्थापना हुन सकेको छैन । व्यवसायीहरुको पहलमा आर्थिक बर्ष २०६९ ÷०७० मा नेपाल सरकार अर्थ मन्त्रालयको रातो किताबमा नै एक क्षेत्र एक कोल्ड स्टोरेज स्थापना गर्न निश्चित बजेट विनियोजना भएको थियो । बजेटको समयमा नै सदुपयोग नभ एको कारण उक्त बजेट फ्रिज भएको थियो ।
कोल्ड स्टोर निर्माणको लागि तत्कालिन सरकारले छुटएको ५९ लाख रुपैयाँ फ्रिज भएको थियो भने सोही बर्ष कोल्डस्टोर निर्माण गर्न अनुदानबापत उपलब्ध गराउन छुट्याइएको १२ करोड रुपैयाँ पनि फ्रिज भएको थियो ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार वि.स.२०७० साल जेठ महिनामा बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको पहलमा जिल्ला विकास समिति मार्फत कोल्ड स्टोर निर्माणको लागि पहल भएको थियो । रातो किताबमा बजेट परेको कारण व्यवसायीहरुको विचमा केही छलफल भएपनि अहिलेसम्म उक्त कार्यले सार्थकता पाउन सकेको छैन ।
त्यसपछिका बर्षहरुमा प्रत्येक बर्ष नै बुटवलमा कोल्ड स्टोर निर्माणको लागि बजेट विनियोजन भएको छ । जग्गा छनौटको लागि प्रकृयागत रुपमा तालमेल नुहदा स्थानिय निकाय र नीजि साझेदारी संस्थाहरुको विचमा संमन्वय गरी निर्माण गर्ने भनिएको कोल्ड स्टोरको चार्चा समेत हुन छाडेको छ ।
लुम्बिनी फलफल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर भन्छन्–‘केही बजेट रातो किताबमा परेको थियो , जग्गा छनोट गरी निर्माण कार्य अगाडी बढाउने कुरा भएपनि छलफल मात्र भयो, काम अगाडी बढ्न सकेन, जस्को कारण अहिले पनि व्यवसायीहरुले लाखौंको घाटा व्यहोर्नुपरेको छ ।’ उनले आफुहरुले प्रस्तव गरेको क्षेत्र उपयुक्त भएको भन्दै यसमै स्थानिय सरकारले साथ दिनुपर्ने समेत बताउछन् ।
आर्थिक बर्ष २०६७ ÷०७१ मा प्याज उत्पादन बढाउन सरकारल ‘भेन्टिलेटर’ र ’कोल्ड स्टोरेज’ को नाममा बजेट विनियोजन गरेको भएपनि कुनै पनि क्षेत्रमा कोल्ड स्टोर निर्माण हुन नसकेर बजेट फ्रिज भएको थियो ।
कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला ठाउँमा राख्ने गरी भेन्टिलेटर कार्यक्रम ल्याइए पनि टेन्डर प्रक्रिया नमिल्दा उक्त कार्यक्रममो ५९ लाख रुपैयाँ फ्रिज भएको देखिन्छ । त्यसपश्चात अहिले कुनै ठोस प्रक्रिया अगाडी बढेको छैन ।
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायि संघका अध्यक्ष केशव कुँवरले यस क्षेत्रमा कोल्ड स्टोर नभएको कारण दैनिक लाखौ रुपैयाँको घाटा व्यहोर्नुको कारण भारतबाट समेत आयात गरिएका कृषिजन्य उत्पादनलाई समेत लामो समय सम्म भण्डारण गरेर राख्न नसकिएको बताउँछन् । उनी भन्छन–‘भारतमा कोल्ड स्टोर गरेर राखिएको हुन्छ, तर हामी यहा ल्यादा दुइृ तिन दिन मात्र राख्न सक्छौं, जस्ले गर्दा पनि अफ्ठारो परेको छ । ’
लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघले यस क्षेत्रमा कोल्ड स्टोर निर्माणको लागि जग्गा विनियोजन गर्न कृषि मन्त्री चक्रपाणी खनाल, प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल लगायतको सचिवहरुको समेत टोलीलाई भेटर ध्यानकर्षण पत्र समेत बुझाएको छ । यता स्थानिय निकाय बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यस विषयमा व्यवसायीहरुबाट कुरा आएको र जग्गा व्यवस्थापनको लागि आफुले सक्दो पहल गर्ने बताउछन् । –कृष्ण खनाल

प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०७५