शनिबार, बैशाख ८, २०८१

कैलालीमा ८५ प्रतिशत धान रोपाइँ

धनगढी, २८ असार । कैलालीमा मंगलसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताए ।
जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी क्षेत्रफलको जग्गामा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधाको भरपर्दो व्यवस्था नहुँदा किसानले आकासको पानीको भरमा रोपाइँ गर्ने गरेका छन् । किसानले सावा मन्सुली, राम धान, राधा ४, सुख्खा ३, सावित्रीलगायत उन्नत जातको धानखेती गर्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २८, २०७४