बिहिबार, बैशाख ६, २०८१

कृषि पत्रकार समाजको स्थापना दिवसमा, पाँच व्यक्तित्वलाई कृषि सम्मान

samman photo
काठमाडौं । कृषि पत्रपकारहरुको हक हित र अधिकारलाई स्थापित गर्ने गरी ३ बर्ष अगाडि स्थापना भएको कृषि पत्रकार समाजले आज तेस्रो स्थापना दिवस काठमाडौंमा मनाएको छ । कृषि पत्रकार समाजको स्थापना दिवससँगै नेपालको पहिलो कृषि साप्ताहिकको बार्षिकोत्सव पनि सम्पन्न भएको छ ।
प्रमुख अतिथिका रुपमा डा . बाबुराम भट्टराई आउने भनिएता पनि संविधान निर्माणमा पछिल्लो राजनीतिक अवस्थाका कारण भट्टराई कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराउँदै कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै गरेका थिए ।2
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. भारतेन्द्र मिश्रको विशिष्ट आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि डा. भारतेन्द्र मिश्रले कृषि क्षेत्रमा क्रियाशील ५ जनालाई कृषि सम्मान २०७२ द्धारा सम्मान समेत गरेका थिए । कृषि पत्रकार समाजले स्थापना कालदेखि नै कृषि क्षेत्रमा काम गर्ने ५ जनालाई हरेक बर्ष सम्मान गर्दै आईरहेको छ । यो बर्षसम्मान हुनेहरुमा पशु नश्ल सुधारमा योगदान दिए बापत डा. विमलकुमार निर्मल, कफीका भिष्म पितामहका रुपमा चिनिएका ढकेश्वर घिमिरे, कान्तिपुर दैनिकका कृषि पत्रकार सुरज कुँवर, इजयाली प्रविधिमा कृषि कार्य गरिरहेका किसान दिपक पाण्डे र प्रांगारिक कृषि खेती गरिरहेका पुष्कर केसीलाई छन् ।
कार्यक्रममा बोल्दै डा. भारतेन्द्र मिश्रले कृषिको विकासका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै कृषि साप्ताहिकले त्यस्तो भूमिका निर्वाह गर्नु पर्ने बताए । अर्का वक्ता उद्योग सचिव जयमुकुन्द खनालले कृषि साप्ताहिकले विगत ३ बर्षदेखि कृषिलाई मात्र महत्व दिएर अत्यन्तै चुनौती र संघर्षका साथ आफ्नो प्रकाशन गरिरहेकोले यस्ता विषयगत पत्रिकालाई सरोकारवाला निकायहरुले समेत सहयोग गरेर दीगो बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कृषि सचिव उत्तमकुमार भट्टराईले सो कृषि साप्ताहिकले कृषिमा भएका राम्रा नराम्रा दुवै विषयको उठान गरी कृषि विकासका लागि सञ्चार वकालत गरिरहेका बताए ।krishi weekly
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा .महेन्द्र विष्टले साना लगानीका अखवारहरु जोखिमा नै रहेको बताउँदै कृषि जस्तो विषयमा पत्रकारिता गर्नु व्यवसायिक रुपमा निकै चुनौती भएको बताए । अन्य पत्रिका समेत नियमति प्रकाशन हुन गाह्रो भईरहेको अवस्था कृषि साप्ताहिकले आफूलाई स्थापित गर्न सकेकोमा खुशी समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा रहेका अर्का वक्ता प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्कीले कृषि क्षेत्रको विकास गर्नका लागि सञ्चार माध्यमले जुन भूमिका निर्वाह गरिरहेका छ । त्यसलाई अझ प्रभावकारी बनाई किसानमय बनाउनु पर्नेमा जोड दिए ।1
पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी कृषि पत्रकार समाजले विगतदेखि नै गर्दै आईरहेका कामको प्रशंसा गर्दै कृषि साप्ताहिकले पशु सेवाको प्रसारका लागि गरेको कार्यले पशुपालनमा युवाहरुलाई उपस्थिति बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा बोल्दै दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले कृषि पत्रकारितालाई सरोकारवाला निकायहरुले नै अलि महत्व दिएर स्थापित गराउनु पर्ने बताए ।

प्रकाशित मिति: सोमवार, भदौ २१, २०७२