बुधबार, बैशाख १२, २०८१

कृषि विभागका नवनियुक्त महानिर्देशकको के गरे पहिलो निर्णय ?

काठमाडौं, साउन, ३२ । कृषि विभागका नवनियुक्त महानिर्देशक डा डिल्लीराम शर्माले आफ्नो पदबहाली लगतै एउटा ऐतिहासिक निर्णय गरेका छन् । बाली संरक्षण निर्देशनालयमा कार्यक्रम निर्देशकमा रुपमा चार वर्ष विताएका शर्माले विभागमा आज महानिर्देशकको पद बहाली गरे लगतै बाढी पीडित जनताका लागि कृषि विभाग मातहत जिल्लामा रहेका जिल्ला कृषि कार्यालय, सेवा केन्द्र, अनुसन्धान केन्द्र तथा कृषि फार्महरुमा रहेका भवनमा बाढी प्रभावित जनतालाई अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेका छन् । dilliram saram
यतिखेर तराई क्षेत्रका नेपाली जनता वाढीका कारण चपेटमा परेको र घरविहिन भएको अवस्था कृषि कार्यालय तथा फार्महरुमा खाली रहेको कोठा, तालिम केन्द्रहरुलाई व्यवस्थापन गरी बाढी प्रभावित जनतालाई सुरक्षित राख्नका लागि अस्थायी बसोबास गराउनका लागि उनले निर्देशन समेत दिएका छन् । जिल्लामा रहेका आवास भवन अधिकांश खाली रहेकोले ती खाली आवास गृहमा बाढी पीडितको व्यवस्था गर्नु अहिलेको आवश्यकता भएको समेत उनले बताए ।
पद बहाली लगतै कर्मचारीहरुलाई निर्देशन दिने क्रममा महानिर्देशक शर्माले किसानसँग प्रत्यक्ष जोडिएर बस्नु पर्ने कृषि विभागमा कुनै पनि फाइल अनावश्यक रोकिए फाइल रोक्ने कर्मचारीलाई नै कार्वाही गर्ने समेत बताए । उनले जिल्ला कृषि विकास कार्यालय रहन्छ वा रहन्न भन्ने चर्चा यतिखेर चलिरहेको अवस्थामा कृषि विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरुले आफ्नो प्राविधिक क्षमता देखाउन नसकेका कारण यो अवस्था आएको बताए ।
महानिर्देशक शर्माले जिल्ला कृषि विकास कार्यालय अहिले नै स्थानीय तहमा नगाभिने भन्दै जवसम्म स्थानीय तहको व्यवस्थापन हुँदैन तवसम्म जिल्ला कृषि विकासले विगतमा जसरी काम गरिरहेको थियो त्यही रुपमा नै काम गर्नु पर्ने बताए । उनले निशर्त रुपमा स्थानीय तहमा पठाएको रकम अर्थमन्त्रालयसँग समन्वय गरेर जिल्ला कृषि विकास कार्यालय मार्फत नै खर्च गर्ने व्यवस्था मिलाउन आपूm लाग्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४