शनिबार, बैशाख ८, २०८१

कृषि विकास मन्त्री रामकृष्ण यादवकी चक्रपाणी खनाल

काठमाडौं, चैत्र । केपी शर्मा ओली नेतृत्वको सरकार विस्तारका क्रममा शुक्रबार नै कृषि विकास मन्त्रालय (कृषि, भूमि व्यवस्थ तथा सहकारी) ले नयाँ मन्त्री र राज्य मन्त्री प्राप्त गरिसकेको छ । शुक्रबार नै मन्त्री चक्रपाणी खनाल र राज्य मन्त्री रामकुमारी चौधरीले पदबहाली मध्य रातमै भए पनि गरिसकेका छन् ।
मन्त्री तथा राज्यमन्त्रीलाई फूलमालाले कृषि विकास मन्त्रालयकै भवनमा स्वागत पनि गरियो । मन्त्री र राज्यमन्त्रीलाई स्वागत गर्नका लागि कृषि विकास मन्त्रालयको प्रांगणमा पशुपन्छी, भूमि व्यवस्था, गरिवी तथा सहकारी मन्त्रालयका सचिव सहसचिव उपस्थ्ति नै भए । मन्त्रालयले नयाँ मन्त्रालय पायो । चारवटा मन्त्रालयलाई एउटै मन्त्रालय बनाएपनि सवै मन्त्रालयले आआफ्नै भवनबाट कार्यसम्पादन गरिरहेका छन् ।
यतिखेर चर्चाको विषयब बनेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र राज्यमन्त्रीले पदभार ग्रहण गरेकै कृषि विकास मन्त्रालयको आधिकारिक सरकारी वेवसाईटमा कृषि मन्त्रीका रुपमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम उल्लेख गरेको देखिन्छ । हुर्नुस् वेवसाईट (www.moad.gov.np) पाँच मिनेट पनि नलाग्ने काम कृषि विकास मन्त्रालयले गर्न सकेको छैन । यतिखेर पशुपन्छी, सहकारी, भूमि व्यवस्था मन्त्रालय सवैको आधिकारिक वेवसाईटमा परिवर्तित नाम छ । अरु मन्त्रालयले मन्त्री राज्यमन्त्रीको नाम पनि परिवर्तन गरिसकेका छन् भने कृषि विकास मन्त्रालयलाई अझै रामृष्ण यादवकै मोहले छाड्न सकेको देखिंदैन । आखिर यति ढिला सुस्ति किन गरेको होला । कृषि विकास मन्त्रालयले ।
मन्त्री बस्ने मन्त्रालयले नै मन्त्रीलाई चिनाउन नसकेको हो कि नखोजेको हो ? कि विस्तारै गदै गरौला भन्ने हो । कथं कदाचित कृषि विकास मन्त्रालयको आधिकारिक वेवसाईट यतिखेर भने लाज लाग्ने अवस्था देखिएको छ । अझै पनि मन्त्री रामकृष्ण यादव नै जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र ३, २०७४