शुक्रबार, बैशाख ७, २०८१

कृषि विकास मन्त्रीको काम भन्दा गफ बढी

काठमाडौं, भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाको जम्वो मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल गुटभित्र रहेका कारण कृषि मन्त्री बन्न सफल भएका कृषि विकास मन्त्री रामकृष्ण यादवले काम भन्दा गफ धेरै गर्न थालेका छन् । मन्त्रीभएर आएको केही दिनमा नै सुख्खा क्षेत्रलाई लक्षित गरी स्याले टयूवेल वितरण गर्ने योजना सहित टेण्डर प्रकाशन गर्न निर्देशन दिए । krishna_yadav
तर दूर्भाग्य टेण्डरको म्याद सकिन नपाउँदै बाढीका कारण तराई अधिकांश क्षेत्र डुवानमा परे भने हजारौं किसानहरु बेघरबार बने । किसानले लगाएको अवौंको बालीनाली नष्ट भएका छन् । तर पनि किसानहरुले राहत पाउन सकेका छैनन् । कृषि मन्त्री यादवले भाद्र १० गते भित्र बाढी पीडित किसानका लागि विशेष कार्यक्रम ल्याउने घोषणा पनि गरे तर उनले तोकेको म्याद गुज्रिसकेको छ ।
१४ वर्ष अगाडि कृषि विकास मन्त्रालय नेपाली काँग्रेसले लिएको थियो भने अहिले १४ वर्ष पछि कांग्रेल कृषि विकास मन्त्रालयको पाएका छ । तर किसानका लागि केही कुनै योजना बनाउने भने लक्षण देखिएको छैन । करीव दुई साताको वीचमा केही गर्न नसकेपनि कृषि विकास मन्त्रालय बाढी पीडित किसानहरुका लागि नयाँ कार्यक्रम ल्याउन सक्नु पर्दथ्यो तर त्यो ल्याउन छाँटकाँट नै देखिएको छैन । केवल दुईचार पोका वीउ वितरण गर्ने योजना देखाएर मात्र किसानहरुले राहत पाउने सम्भावन देखिदैन ।
संसदीय समितिको लेखा समितिमा बसेर राम्रै अनुभव लिएका रामकृष्ण यादवले कृषि क्षेत्रमा राम्रै नमूना काम गर्लान् कि भन्ने आशा धेरैले लिएका थिए । त्यो आशा निराशामा परिणत भएको छ । कृषि विकास मन्त्रालयमा कार्यरत नेपाली कांग्रेस निकट कर्मचारीहरु मन्त्रीको कार्यशैलीबाट रुष्ट हुन थालेका छन् । कृषि मन्त्रीले किसानमुखी कार्यक्रम घोषणा गर्न नसकेको उनीहरुले आरोप पनि लगाएका छन् विगतमा माओवादी केन्द्रका कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल मन्त्री भएको केही दिनमा नै २७ बुँदे प्रतिवद्धता जारी नै गरेका थिए । हुन त २७ बुँदे प्रतिवद्धता कागजमा मात्र सिमित भएको भएपनि नयाँ मन्त्रीले कागजमा पनि प्रतिवद्धता जाहेर गर्न सकेनन् ।
वैठक र भाषणमा यो गर्छु वा त्यो गर्छु भन्ने कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पीडित किसानहरुलाई लक्षित कार्यक्रम घोषणा गर्न नसक्नु दुर्भाग्य सावित भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १०, २०७४