शनिबार, बैशाख ८, २०८१

कृषि विकास बैंकलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं, ७ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि विकास वैकले स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताएका छन् ।
वैंकको ५१ औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव समेत दिएका थिए ।
अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरूप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पु¥याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता समेत जनाएका छन् ।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।
कार्यक्रममा बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाले बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिए । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको र हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी भएको समते वैंकले जनाएको छ ।
आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको सो कार्यबmममा जानकारी गराइएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ ।
साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरूप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पु¥याउने भएको छ ।
बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ

प्रकाशित मिति: आइतवार, माघ ७, २०७४