मङ्लबार, बैशाख ११, २०८१

कृषि विकासको वाधक नै विज्ञ कर्मचारी

काठमाडौं । पछिल्लो समयमा बढ्दै गईरहेको पशुपालन व्यवसायलाई अझ व्यवसायिक रुपमा अगाडि बढाउ“दै लैजानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील रहेको भएपनि त्यसलाई व्यवस्थित बनाउन सकेको देखिदैन । स्वरोजगारको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको पशुपालन व्यवसाय कतिपयले भने आयोजना हात पार्ने एउटा कडिका रुपमा मात्र लिएको पाईन्छ ।  यद्यपी व्यवसायिक कृषिको स्पष्ट नीति नहुदा हजारौं युवाजनशक्ति विदेश पलायन भएका छन् भने विदेशबाट फर्केर कृषि व्यवसायमा लागिरहेकाहरुले पनि पुन विदेश नै पलायन हुन मनस्थितिमा रहेका देखिन्छन् । कृषि विकासका लागि काम गर्न खोज्ने कृषि विज्ञ एवं मन्त्रालयका उच्च अधिकारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा खुट्टा तान्ने प्रबृत्तिले गर्दा पनि कृषिको विकास हुन नसकेको आरोप लाग्न थालेको छ । कृषि क्षेत्रको विकासको वाधकका रुपमा अरुकसैलाई नभएर कृषि विज्ञ कर्मचारीहरु हुन् भन्नेसम्मका चर्चा चल्न थालेको छ । कतिपय विदेशमा रहेर नेपाली कृषि क्षेत्रमा लगानी गर्न चाहने गैरआवासीय नेपालीहरुलाई पनि स्पष्ट नीति नभएका कारण लगानी गर्ने वातावरण नभएको लामो समय अष्ट्रेलिया बसेर नेपाल फर्की पशुफार्म खोल्ने तयारीमा जुटेका राम के.सीको गुनासो रहेको छ । केसीका अनुसार गैरआवासीय नेपालीहरुको सहयोगमा हिमाली एग्रिकल्चर एण्ड रिसर्च फार्मले ४३.७५ करोडको लगानीमा फार्म सञ्चालन गर्न खोजिरहेको भएपनि त्यही नीतिका कारण अगाडि बढ्न नसकेको दुखेसो गरेका छन् । सो फार्म सञ्चालनका लागि कृषि विकास मन्त्रालयका उच्च पदाधिकारीस“ग रिसर्च फार्मका पदाधिकारीहरुलाई भेट गर्ने अवसरबाट समेत बञ्चित गरिएको आरोप लगाएका छन् । यति ठूलो रकम लगानी गर्न खोज्दा पनि मन्त्रालयका केही उच्च कर्मचारीहरु व्यक्तिगत लाभको पछि दौडिएका कारण व्यवसायिक कृषि नीतिलाई वन्धनमा राखिरहेको आरोप लगाएका छन् ।-कृषि

प्रकाशित मिति: शनिबार, फाल्गुन १०, २०७०