मङ्लबार, चैत्र ६, २०८०

कृषि मन्त्री र विचौलियाको मात्र मन्त्रालयमा कनेक्सन

काठमाडौं, फागुन । पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयममा कृषि क्षेत्रका विचौलिया र कृषि मन्त्रीको मात्र कनेक्सन भएकाले कृषि क्षेत्रको विकास हुन नसक्नुको प्रमुख कारण भएको खुलासा गरेका छन् । किसान आयोगले आयोजना गरेको खाद्य सम्प्रभुता र किसान अधिकारका लागि प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलनको समापन कार्यक्रममा उनले सो कुरा सार्वजनिक गरेका हुन् ।
पूर्वमन्त्री गजुरेलले नेपाली राजनीतिक दलका नेताहरुले भोटका लागि मात्र किसान र कृषिका कुरा उठाउने गरेको समेत आरोप लगाए । उनले कुनै पनि नेताले किसान र कृषि क्षेत्रको विकासका लागि काम नगरेको बताए । आफू कृषि मन्त्री चाहेर नभएको भन्दै उनले तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको दवावमा कृषि मन्त्री भएको समेत खुलासा गरे ।
गजुरेलले दाहालको दवावमा कृषि मन्त्री भएको बताईरहँदा मञ्चमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल मुसुमुसु हाँस्ने काम मात्र गरिरहे । उनले सामन्तवादबाट पूँजिवाद तर्फ गएका धेरै देशहरु कृषिबाटै फड्को मारेको चर्चा गर्दै कृषि क्षेत्रको विकास विना मुलुकको विकास नहुने ठोकुवा समेत गरेका थिए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २७, २०७५