मङ्लबार, चैत्र ६, २०८०

कृषि मन्त्री भन्छन् बोर्ड संस्थानको काम नै छैन

काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको विभिन्न बोर्ड तथा संस्थानहरुको काम नै नभएको कृषि मन्त्री चक्रपाणी खनालले बताएका छन् ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । आफू मातहतमा रहेका चिया तथा कफी विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी, वीउ विजन केन्द्र, खाद्य प्रविधि गुण नियन्त्रण विभाग लगायतका अधिकांश कार्यालयको काम नै नभएको मन्त्री खनालले बताएका हुन् ।
कृषि विकास मन्त्रालय मातहत रहेको कृषि उत्पादनका लागि उपलब्ध गराइने गरिएको अनुदान किसान समक्ष पुग्दै नपुगेको आफूले पाएको उनले बताए । ‘अवौं रुपैयाँ किसानका नाममा आयो अनुदानका नाममा गयो तर किसानहरुको हातमा पुग्दै पुगेन’ कृषि मन्त्री खनालले भने ।
कृषि उत्पादन बृद्धि गर्नका लागि मन्त्रालयले गरेका प्रयासहरु भारित प्रगतिमा मात्र देखिने गरेको भन्दै कागजी रुपमा हुने विकासले कुनै अर्थ नलाग्ने भएकाले कर्मचारीलाई सच्चिएर आफ्नो कर्तव्य निर्वाह गर्न मन्त्री खनालले जोड दिएका थिए ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५