शुक्रबार, बैशाख ७, २०८१

कृषि मन्त्री भन्छन् कृषि सेवा किसानको खेतमा पुग्नु पर्छ

ramkrishin yadav aaकाठमाडौं, साउन । कृषि विकास मन्त्री रामकृष्ण यादवले कृषि विकास मन्त्रालयले दिने सेवा किसानको खेतमा नै पुग्नु पर्ने बताएका छन् । नवनियुक्त मन्त्री यादवलाई शुभकामना दिन पुगेका कृषि विज्ञहरुको संस्था डानका प्रतिनिधिहरुलाई मन्त्री यादवले सो कुरा बताएका हुने । लामो समयपछि कृषि विकास मन्त्रालय नेपाली कांग्रेसले लिएपछि रामपुर कृषि क्याम्पसमा अध्ययन गरेका कृषि विज्ञहरुको संस्था डेमोक्र्याटिक एग्रिकल्चर एशोसिएसन (डान) का प्रतिनिधिहरु कृषि मन्त्रीलाई शुभकामना दिन पुगेका थिए ।
कृषि क्षेत्रको विकासका लागि डानका तर्फबाट मन्त्रीलाई पूर्ण रुपमा सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दै कृषि क्षेत्रको विकासका लागि विगतमा भन्दा फरक ढंगले अगाडि बढ्न मन्त्रीलाई सुझाव समेत दिएका थिए । हाम्रो भन्दा पनि राम्रोलाई प्राथमिकता दिनु पर्ने बताउंदै कृषि मन्त्री यादवले मुलुकलाई कृषिमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्नेमा नै आफू सक्रिय रहने भएकाले त्यसका लागि सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

प्रकाशित मिति: बिहिबार, साउन १२, २०७४