शुक्रबार, चैत्र १६, २०८०

कृषि मन्त्री पनि कमिशनको फन्दामा

काठमाडौं, असोज । कृषि विकास मन्त्री रामकृष्ण यादव र राज्यमन्त्री सरीता प्रसाइँ किसानका समस्या समाधान गर्ने भन्दा पनि आर्थिक चलखेलकै फन्दामा परेका छन् । बाढी पहिरोले प्रताडित किसानहरुका पक्षमा काम गर्नु पर्ने कृषिramkrishna मन्त्री रामकृष्ण यादव आफ्नो सचिवालय भन्दा पनि केही सहसचिवहरुको बहकाउमा नै पर्ने गरेको देखिन्छ ।
कृषि विकास मन्त्रालयले बाढी पहिरो पीडित किसानलाई राहतका लागि ल्याएका कार्ययोजनाहरु किसानमय हुनु पर्ने भएपनि व्यवसायी मुखी भएको देखिन्छ ।
किसानका लागि ल्याएको राहत प्याकेजका अधिकांश कार्यक्रमहरु ठेकेदार रिझाउने र कमिशन बजाउने भन्दा बाहिरका देखिंदैन । महिनादिन अगाडि सार्वजनिक गरेका बाढी पीडितहरुका लागि दिइने भनिएका राहत अहिलेसम्म पनि कार्यविधिकै नाममा अड्किएको देखिन्छ । कार्यविधि नै तयार गरेर किसानका लागि भनिएको कार्यक्रमहरु किसानको पहुँच भन्दा पनि करोडौ रुपैयाँ आर्थिक चलखेल हुने गरी ल्याएका छन् ।
बाढी पीडित किसानहरुको नाम भजाएर कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले नीतिगत रुपमा नै भ्रष्टाचार गर्न खोजेको देखिन्छ । जसको फन्दामा कृषि मन्त्री त परिसकेका छन्, उनीसँगै कामभन्दा पनि पदमात्र आसिन राज्यमन्त्री पनि परेको देखिन्छ ।

प्रकाशित मिति: सोमवार, अशोज २, २०७४