बुधबार, बैशाख १२, २०८१

कृषि मन्त्री जिल्ला भ्रमणमा मस्त, मल नभित्रिएर किसान त्रस्त

काठमाडौँ, पुस । कृषि विकास मन्त्रालयको पदभार सम्हालेको लगतै कृषि विकासका लागि भन्दै २७ बुंदे प्रतिवद्धता व्यक्त गरेका कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेल यतिखेर अनुगमन भन्दै जिल्ला भ्रमणमा निस्किएका छन् । किसानहरुको गुनासा सुन्ने भन्दै निस्किएका कृषि मन्त्रीको लाखौ भ्रमण खर्चले किसान सफल होलान् ? किसानका गुनासा सुनेर मात्र कृषि विकास भईदिने भए यस अघिका सत्ताधारीहरुले पनि धेरै गुनासा सुनेका थिए । अहिले मलको अभावमा किसानहरु त्रस्त छन् । सिंचाई अभाव, गुणस्तरीय बीउको अभावका कारण यो बर्ष धान उत्पादन घटेको तथ्यलाई मनन गर्दै किसानलाई सहज रुपमा बीउ मल उपलब्ध गराउन सक्ने तर किसानका गुनासा सुन्ने नाममा मन्त्री भ्रमणमा मस्त देखिएका छन् । haribol gajurel
जीवनभर सरकारको सेवा गरेर अवकास भएका कर्मचारीहरुले समेत पेन्सन नपाउने हो कि भन्ने शंका उब्जिरहेका बेला किसानहरुलाई पेन्सन खुवाउने आश्वासन दिने मन्त्रीका कुराले किसानहरु नै दिक्क बनेका छन् । भूकम्प पीडित किसानहरुलाई गुणस्तरहिन धानको बीउ उपलब्ध गराउने किसान विरोधी संस्थाहरुलाई कार्वाही नगर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकै म्याण्डेट लिएर हिड्दैमा कृषिमा आमूल परिवर्तन हुँदैन ।
अहिले मन्त्री सहितको टोलीको जिल्ला दौडाहाले कृषि विकासमा कुनै पनि परिवर्तन ल्याउन सक्दैन । केवल यो भ्रमण सरकारी बजेटमा मस्त गर्ने र आफ्नो स्वार्थ अनुकूल अगाडि बढ्ने बाहेक केही पनि हुन सक्दैन ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७२