शनिबार, बैशाख ८, २०८१

कृषि मन्त्रीको काउसो काण्डले आयोजनाका फाइल रोकिए

काठमाडौं, पौष । कृषि विकास मन्त्रालयका मन्त्री र राज्यमन्त्रीले गाडी मोह त्याग्न नसक्दा बेला बेलामा विवादमा आउने गरेको छ । केही समय अगाडि राज्यमन्त्री राधिका तामाङले कृषि विकास मन्त्रालयका सचिवले प्रयोग गदैै आईरहेको पजेरो जर्वजस्ती तानेको भन्दै चर्को विवाद भएको थियो । सो विवाद कृषि विकास मन्त्रालयमा मात्र सिमित नभई प्रधानमन्त्री कार्यालयमा भएको सचिव वैठकमा समेत उठेको थियो ।kauso त्यसबेला कृषि विकास मन्त्रालयमा पुगेका सचिव अन्नपूर्णनन्द दासले प्रधानमन्त्री कार्यालयले गाडी फिर्ता गर्न निर्देशन दिएपछि सो पजेरो तान्ने आँट गर्न सकेनन् । छोटो अवधिका सचिवले त प्रधानमन्त्री कार्यालयले गाडी फिर्ता गर्न निर्देशन दिंदा त फिर्ता गर्न सकेनन् भने कृषि मन्त्री र राज्यमन्त्रीकै पहलमा कृषि विकास मन्त्रालयमा सचिव पद भर्खरै सचिव नियुक्ति भएका डा. सुरोज पोखरेलले गाडी फिर्ता लिने साहस गर्न सक्दैनन् भन्नेमा धेरैले ढुक्क मानेका छन् ।
राज्यमन्त्रीको कलह सेलाउने नपाउंदै मन्त्री गौरीशंकर चौधरीले गृह मन्त्रालयले उपलब्ध गराएको सवारी बाहेक अर्को राम्रो गाडी खोज्ने क्रममा उनका केही हितैसीहरुले सोही मन्त्रालय मातहतमा रहको सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजनाका प्रमुखले प्रयोग गर्ने सवारी देखाईदिए । सवै सेवा सुविधा भएको सवारी पाएपछि मन्त्री पनि दङ्ग मन्त्रीलाई गाडी देखाईने त झन् फुरुङ्ग । मन्त्रीलाई आयोजनाको गाडी तान्न देखाउने त दङ्ग भए नै तर गाडी चढ्न नपाउंदै कृषि मन्त्री गौरीशंकर चौधरी भने झसङ्गै भएका छन् ।
कृषि विकास मन्त्री चौधरीका लागि आयोजना प्रमुखले चढ्दै आएको गाडी लिन पुगेका सचिवालयमा कार्यरत उप सचिव तिलक चौलागाईंका सवारी चालकले गाडी मन्त्रालयमा ल्याए । मन्त्रालयमा गाडी राख्न नपाउंदै उनको शरीर अत्यधिक रुपमा चिलाउन थाल्यो । त्यसपछि कृषि मन्त्रीका सवारी चालक आफैले सवारी चलाए । उनी पनि त्यही पीडामा परे । त्यसपछि बल्ल थाहा भो कृषि विकास मन्त्रीका लागि ल्याइएको सुविधा सम्पन्न गाडीमा काउसो प्रयोग गरिएको ।
यो घटना कृषि विकास मन्त्रालयमा एक कान दुइकान मैदान भयो । कृषि मन्त्री चौधरीले आयोजना निर्देशकलाई काउसो काण्डलाई लिएर स्पष्टिकरण सोध । आयोजना निर्देशक राजेन्द्र मिश्रले मन्त्रीले सोधको स्पष्टिकरण दिए । तर उनले सुख पाएनन् । उनले आफ्नो सवारी चालकसंग सोधपुछ गरे । सवारी चालकले अनभिज्ञता प्रकट गरेपछि विचरा सवारी चालकेको जागिर छिन भरमै गयो ।
आयोजना निर्देशक राजेन्द्र मिश्रलाई सो आयोजनाबाट हटाउने अभियानमा पूर्व मन्त्री हरिबोल गजुरेल कै पालादेखि केही तत्वहरु लागेका थिए । तर तात्कालिन मन्त्री गजुरेलले मिश्र इमान्दार सहसचिव भएकाले आयोजना निर्देशकबाट हटाउन मानेनन् । तै पनि मिश्रका विरुद्ध षडयन्त्र बुन्दै केही व्यक्तिहरु सक्रिय रहे र कृषि मन्त्री चौधरीले सवारी माग्दा काउसो काण्डमा फसाईदिए ।
आयोजना निर्देशक राजेन्द्र मिश्रकै योजनामा काउसो प्रयोग गरिएको हो भन्दै केही व्यक्ति मन्त्री गौरी शंकर चौधरीलाई उचाल्दै गए । जसको परिणाम सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजनामा मन्त्रीले सदर गर्नु पर्ने फाइलहरु अहिले थन्किएर बसेका छन् । मन्त्रीको सचिवालय अनुसार पनि मिश्रले चित्त बुझ्दो जवाफ नदिएका कारण उनको आयोजनाको फाइदा थन्किएको रे ? के कुनै एउटा आयोजना प्रमुखले अनाहकमा लागेको आरोपमाथि स्पष्टिकरण दिंदा कार्यालयको सम्पूर्ण कार्य अड्काउने गरी फाइल रोक्न मिल्छ छ भन्ने कृषि अनलाईनको जवाफमा सचिवालयका सदस्यले भने काम अड्किने गरी फाइल अड्काउने हाम्रो नियत होइन । तर मन्त्रीलाई सवारी दिंदा यत्ति ठूलो अपमान भएको ठानेर त्यसो गरेका हौं । तर आयोजना निर्देशक राजेन्द्र मिश्र भद्र र इमान्दार सहसचिव भएकोले उनी माथि कसैले षड्यन्त्र गरिरहेको हामीले अनुमान गरेका छौं । तर काउसो काण्डलाई त्यत्तिकै ओझेलमा पर्न भने दिने छैनौ उनले भने ।
हुन पनि कृषि विकास मन्त्रालयमा बेला बेला हुने विभिन्न काण्ड तत्काल सेलाउने गरेको भएपनि कृषि मन्त्रीको काउसो काण्ड भने अझै सेलाउन सकेको छैन । यही काण्डलाई आधार बनाएर सहसचिव राजेन्द्र मिश्रलाई आयोजनाबाट हटाउने षड्यन्त्र गरिएको बुझिएको छ । मन्त्री चौधरीले मिश्रलाई हटाउनु भन्दा काण्डको पर्दाफास गर्ने तर्फ लाग्नु उपयुक्त हुन्छ कि ?

प्रकाशित मिति: बिहिबार, पुस १४, २०७३