बुधबार, बैशाख १२, २०८१

कृषि तथा पशु विकास आयोजनाहरु किसानमय भएन : पुन

काठमाडौं, जेठ । कृषि क्षेत्रमा अनुदानका धेरै आयोजना भएपनि त्यसले किसानहरुको हितमा काम नगरेको पशुपन्छी विकास राज्य मन्त्री नरदेवी पुनले आरोप लगाएकी छिन् । जिवीकोपार्जनका लागि कृषि गरिरहेका किसानहरुको जीवनस्तर उठाउने भन्दा पनि धनीलाई झन् धनी बनाउनका लागि कृषि आयोजनाहरु लागिपरेको आरोप समेत पुनले लगाएकी छिन् । nardevi
पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको हिमाली आयोजनाले गरेको प्रथम हिमाली कृषि व्यवसाय प्रर्वद्धन मेला २०७३ लाई शुभकामना दिंदै सो कुरा बताएकी हुन् । मन्त्री पुनले कृषि तथा पशुका क्षेत्रमा जति आयोजनाहरु सञ्चालनमा रहेको छन् ती सवै किसानका पहुँचमा नपुगको धारण व्यक्त गर्दै पशुपन्छी जन्य बस्तुको विकासका लागि आफूहरु प्रतिवद्ध भएर लागेको बताउंदै किसानहरुको अभिभावकत्व प्रदान आफूले गर्ने समेत बताईन् ।
कृषि विकास मन्त्रालयबाट विभाजन भएर पशुपन्छी विकास मन्त्रालय बनेको भएपनि अवको महत्वपूर्ण आत्मनिर्भर हुने बस्तु नै पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको समेत उनले उल्लेख गरिन् । पशुपन्छी विकास मन्त्रालयले चारवटा पिल्लरको अवधारण सहित अगाडि बढेको बताउंदै सोही अनुरुप हिमाली क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणका लागि आफूहरु क्रियाशील रहेको समेत बताईन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ७, २०७३