शनिबार, बैशाख ८, २०८१

कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट सम्पादक भण्डारीलाई सम्मान

काठमाडौं, असार । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल‘बलदेव’ले कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीलाई सम्मान गरेका छन् । मन्त्री खनालले पहिलो फार्म दिवसको अवसरमा भण्डारीलाई सो सम्मान गरेका हुन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले कृषि साप्ताहिक तथा कृषि अनलाईन मार्फत नेपालमा पहिलो पटक निजी क्षेत्रबाट कृषि विधामा विषयमा पत्रकारिता प्रकाशन शुरु गरेका थिए ।
नौ वर्ष अघिदेखि प्रकाशन भईरहेको विधागत रुपमा नेपालको पहिलो कृषि साप्ताहिक एवं डिजिटल पत्रिकार कृषि अनलाईनका सम्पादक रहेका भण्डारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली केन्द्र, तरकारी बाली विकास केन्द्र आयोजना गरेको पहिलो फार्म दिवसको अवसरमा फार्मको प्रविधि विस्तार एवं समग्र तरकारी क्षेत्रको कृषकको उन्नतिका लागि पु¥याएको योगदानलाई कदर गर्दै सो सम्मान गरेको हो ।

प्रकाशित मिति: बिहिबार, असार ५, २०७६