शुक्रबार, चैत्र १६, २०८०

कृषि तथा खाद्य सुरक्षा आयोजनाको ९० लाख अनियमितता

कालिकोट । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा विश्व वैकको सहयोगमा सञ्चालनमा रहेको कृषि तथा खाद्य सुरक्षा आयोजनाले दिएको अनुदानमा ९० लाख रुपैयाँ अनियमितता भएको पाईएको छ ।
कालिकोटमा जिल्ला पसु सेवा कार्यालय मार्फत वितरण गरिएको साना अनुदानमा सो रकम अनियमितता भएको हो ।
पशु सेवा कार्यालय कालिकोटले चालु आर्थिक वर्षको स्वीकृत प्रस्तावमा बास्तविक किसानलाई रकम भुक्तानी नगरी नक्कली किसानहरु खडा गरी रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख,लेखापाल र नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाईएको हो ।
अनियमिता गर्नेमा निर्वाचित वडा अध्यक्ष, ब्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ ।
तिन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए । ‘किसानहरुलाई ब्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्जेन्सी नकाटनु पर्ने हो ।’ उनले भने,‘कति त नक्कली किसानहरुलाई समेत अनुदान दिएको छ ।’
जिल्लाका ३३ वटा समूह सहकारी अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाइएको पाइएको छ ।
अनुदान लिनेहरुले अनुदानको रकम लगेको भएपनि ब्यवसाय संचालन गरेका छैनन् । जिल्ला पसु सेवा कार्यालय प्रमुख ब्रजकिसोर ठाकुर सरुवा भएपनि जिल्लामै फोन सम्पर्क नहुने गरी वसेका छन भने, निमित्त प्रमुख पूर्ण गिरीलाई सम्पर्क गर्न खोज्दा फोन उठाउदैनन ।
वास्तविक किसानहरुलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी संचालन गर्न समेत अनुदान दिइएको छ ।
आफुले ब्यवसाय संचालन गर्नका लागि अनुदान लगेको भएपनि ब्यवसाय संचालन गर्न नसकिएको नरहरीनाथ गाउँपालिका–८ अनिलकुमार बिष्टले बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०७४