बिहिबार, बैशाख १३, २०८१

कृषि क्षेत्रलाई राष्ट्रिय उत्पादनको प्रमुख क्षेत्र बनाइने

काठमाडौं, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका २०७४÷७५ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छिन् । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई सम्वोधन गरिएको छ । यसले कृषि क्षेत्रमा काम गरिरहेका ६५ प्रतिशत जनतालाई केही राहत महशुस भएको भएपनि कार्यान्वयन हुने कुरामा भने संधै बहाना एउटै हुने गरेको छ ।

/fi6«klt ljBfb]jL e08f/L Joj:yflksf ;+;bsf] laxLaf/sf] a}7sdf ;/sf/sf] cfj @)&$÷&% sf] gLlt tyf sfo{qmd k|:t't ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुंदा नं र १४ र १५ मा कृषि र सिंचाईका कुरालाई सम्वोधन गरिएको छ । जसमा कृषि क्षेत्रलाई राष्ट्रिय उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गरिने बताइएको छ । त्यसैगरी प्रमुख बालीहरूको उत्पादनमा आत्मनिर्भर हुने नीतिलाई निरन्तरता दिइने समेत बताइएको छ ।
सिंचाइ, मलखाद, बीउ बिजनको उपलव्धतामा सुधार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिनुका साथै पशु तथा बाली बीमा कार्यक्रमलाई कृषकको बीचमा पु¥याईने कार्यक्रमको पनि चर्चा गरिएको छ । नीति तथा कार्यक्रममा आर्थिक तथा सामाजिक रुपले पछि परेका कृषक केन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी कृषि क्षेत्रको लागि महत्वपूर्ण मानिएको सिंचाई क्षेत्रको विकासको कुरा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सिंचित क्षेत्र विस्तार गरी वर्षैभरी सम्पूर्ण कृषि योग्य भूमिमा सिंचाई सेवा उपलव्ध गराउन सिंचाईका सम्भाव्य सबै प्रविधि र प्रणालीहरूको विकास एवं व्यवस्थापन गर्न राष्ट्रिय गौरबका आयोजनालगायत ठुला, मझौला कार्यक्रमहरूलाई प्राथमिकता साथ कार्यान्वयन गर्ने कुरामा जोड दिइइएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन गर्न जोखिमयुक्त ठुला र मझौला पहिरोको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिनेछ । नहर प्रणालीको संभार, पुनर्निर्माण तथा मर्मतलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ११, २०७४