शुक्रबार, चैत्र १६, २०८०

कृषि क्षेत्रमा लगानी आग्रह

काठमाडौँ । कृषि क्षेत्रलाई व्यवसायिकता तर्फ लैजानु पर्ने आवाज उठिरहेका बेला काठमाडौंमा आयोजित एक कार्यक्रममा कृषि विकास मन्त्री टेकबहादुर घर्तीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘कृषिको आधुनिकीकरण, विविधीकरण एवम् व्यावसायीकरण’ विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री घर्तीले नेपालको कृषि क्षेत्रमा पशु, माछा, मह र चियाको क्षेत्रले केही गति लिए पनि व्यावसायिकतातर्फ उन्मुख हुन नसकेको उल्लेख गरे ।
सो कार्यक्रममा कृषि विकास मन्त्रालय मातहत रहेको व्यावसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख चर्चा गरेका थिजए ।
उक्त कार्यक्रममा आयोजक संस्था परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज अधिकारीले नेपाललाई औद्योगीकरणतर्फ लैजान कृषि विकासलाई प्रमुख आधार बनाउनुपर्नेमा भएकाले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न विशेष कार्य योजना ल्याउनु पर्ने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७०