मङ्लबार, बैशाख ११, २०८१

कृषि कर्जाभन्दा गाडी कर्जा सजिलो

काठमाडौं ,२९ भाद्र । ‘गाडी खरिद गर्न बैंक तथा वित्तीय संस्थाले सजिलै ऋण दिन्छन् । तर,कृषि कर्जामा अनावश्यक झन्झट लगाउँछन् । गाडी खरिद गर्नेभन्दा कृषि कर्जा महँगो छ।’ यो भनाई राष्ट्रबैंकका पूर्वगभर्नर युवराज खतिवडाको हो।  एउटा सार्वजनिक कार्यक्रममा खतिवडाले गाडी खरिदमा सहज ऋण दिने तर कृषिमा नदिने भन्दै बैंक तथा वित्तीय संस्थामाथि आक्रोस पोखेका थिए।खतिवडाले भनेजस्तै अहिले पनि गाडी खरिदका लागि कर्जा लिन सजिलो छ। गाडीको कुल मूल्यको २० प्रतिशत रकम आफूसँग भएमा वित्तीय संस्थाले ८० प्रतिशत ऋण दिन्छन्। उदाहरणका लागि तपाईंसँग चार लाख रुपैयाँ नगद भएमा २० लाख रुपैयाँ पर्ने गाडी अहिले खरिद गर्न सक्नुहुन्छ। बाँकी १६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले सजिलै कर्जा दिन्छन्।

प्रकाशित मिति: मङ्लबार, भदौ २९, २०७२