शुक्रबार, बैशाख ७, २०८१

कृषि उपज केन्द्र सञ्चालनमा ल्याइँदै

उदयपुर, २३ कात्तिक । कटारी नगरपालिकाको कटारी बजारमा १८ वर्षअघि निर्माण भएको कृषि बजार तथा कृषि उपज केन्द्र अहिले बल्ल प्रयोगमा ल्याउन लागिएको छ । झण्डै सात कट्ठा जग्गामा आठ वटा कृषि भवनसहित निर्माण गरिएको उक्त केन्द्र लामो समयसम्म प्रयोग ल्याइएन । अहिले कटारी नगरपालिकाले पहिलोपटक यसलाई प्रयोगमा ल्याउन लागेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
कृषकले उत्पादन गरेका उपज राख्ने र बिक्री गर्ने प्रयोजनका लागि निर्माण गरिएको यो केन्द्रका भवन प्रयोगविहीन रहँदा यो ठाउँ गाईबस्तु र सुँगुर खोरका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त केन्द्रमा अहिले नगरपालिकाले नपुग संरचना थपेर प्रयोगमा ल्याउन खोजेको छ । अहिले नगरपालिकाको लगानीमा बाँकी रहेका संरचनाको निर्माण र घेराबेरा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मंसिरको दोस्रो हप्तादेखि नै यो केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २३, २०७४