बुधबार, बैशाख १२, २०८१

कृषि उपजको आयात प्रतिस्थापन गर्न सकिन्छ

kausal

कौशलकुमार पौडेल
कार्यक्रम प्रमुख
राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम

० नेपालको सुन्तला जातबालीको अवस्था कस्तो छ ?
सुन्तला जात फलफूल नेपालको मध्य पहाडको मुख्य फलफूल हो । सुन्तला नेपालको रैथाने बालीको रुपमा प्रसिद्घ छ । मध्य पहाडको मुख्यबाली भएपनि उन्नत जातहरुको विकाससंगै उच्च पहाड तथा तराईमा समेत यस बालीको व्यवसायिक खेती संभव भएको छ । सुन्ताजात फलफूल अन्र्तगत सुन्तला, जुनार, कागती, निबुवा, भोगटे लगायतका बालीहरु पर्दछन् । तर व्यवसायिक रुपमा सुन्तला, जुनार र कागतीको खेती बिस्तार भएको छ । हाल नेपालका ४२ वटा जिल्लामा करिब ३९ हजार हेक्टर क्षेत्रफलमा सुन्तलाजात फलफूलको ब्यवसायिक रुपमा खेती भईरहेको छ । गतआ.व.को अवस्था हेर्दा उत्पादनशील क्षेत्र करिब २५ हजार हेक्टरबाट करिब २ लाख मेट्रिक टन सुन्तलाजात फलफूलको उत्पादन भएको छ जुन किसानको घर दैलोमा प्राप्त भएको सरदर मूल्य अनुसार करिब १३ देखि १४ अरब रुपैयाको हुन आउँछ ।
सभावना र क्षेत्र प्रशस्तहुँदाहुदै पनि हाल सुन्तलाजात बालीको उत्पादन अवस्था सन्तोषजनक छैन । सुन्तलाबाली मासिदै जाने यसलाई सिट्रस डिक्लाइन पनि भनिन्छ समस्या देखापरेको छ । सुन्तला बालीका प्रमुख जिल्ला पकेटहरुमा यस्को समस्या देखिएको छ जस्का कारण उत्पादकत्व हर साल घट्दो छ । यो समस्या खास गरी वगैचा ब्यवस्थापनसँग सम्बन्धित छ । कृषकहरुमा अझै यस्ता तुलनात्मक रुपमा बढि आम्दानी दिने फलफूल बालीहरुमा लगानी गर्ने सस्कृतिको विकास हुन सकेको छैन । कतिपय अवस्थामा यी बालीहरु एकदमै कम ब्यवस्थापकिय लगानीमा पनि राम्रो आम्दानी दिइरहेका छन तर अन्यबालीको तुलनामा यी बालीहरुको राम्रो स्याहार संभार हुनभने सकेको छैन । रोग किरा, पोषक तत्वहरुको कमी लगायत खास गरि सुख्खा मौसममा हुने चिस्यानके न्यूनताका कारण सुन्तला बाली ह्रास हुदै गईरहेको अनुसन्धानले देखाएको छ । र्यो समस्यालाई सम्बोधन गर्न हामी सजग छौ, समस्या समाधान गर्न भईरहेका बगैचाहरुको सुदृढिकरण, स्वस्थ बिरुवा उत्पादन तथा वितरण, सघन प्राविधिक सेवा संचालनभईरहेका छन् ।

०आगामी आर्थिक बर्षकालागि सुन्तला जातका बालीहरुलाई पनि पकेट क्षेत्र घोषणा गरिएको छ, घोषणा गर्दैमा उत्पादन बृद्धि गर्न सकिएला ?
हो आगामी बर्षहरुमा विभिन्न कार्यक्रम मार्फत सुन्तला जात फलफूलका पकेट क्षेत्रहरुकोे विकासका कार्यक्रमहरु संचालन हुदै छन् । पकेट क्षेत्रहरुको घोषणा मार्फत यस्ता कार्यक्रमहरुले बिशेष महत्व पाउछन । स्रोत साधनको परिचालनमा सघनता आउँछ फल स्वरुप उत्पादन लगायत यस क्षेत्रमा संलग्न सबै मूल्य श्रृखलाहरुको विकास हुन्छ । हाल व्यवसायिक रुपमा खेती गर्ने कृषकले गुणस्तरिय बिरुवा पाउन कठिन छ, आगामी बर्षदेखि गुणस्तरीय बिरुवा उत्पादन गर्न गराउन रोग किरा बाट मुक्त जालीघर भित्र स्वस्थकर विरुवा उत्पादनमा विशेष ध्यान दिएर कार्यक्रम संचालन हुदैछन । त्यसै गरि प्राविधिक आर्थिक रुपमा दिगो हुन सक्ने पुराना बगैचाहरुको सुदृढिकरण गर्ने, आर्थिक लाभ दिननसक्ने बगैचाहरुलाई हटाएर उच्च घनत्व प्रविधि मार्फत नयाँ बगौचाहरुको स्थापना गर्न लगाउने कार्यपकेट क्षेत्रहरुमा संचालन हुने छन । जलवायु परिवर्तन लगायत विभिन्न वातावरण्ीाय प्रदूषणका कारण आगामी दिनहरुमा पहिला जस्तो लामो समयसम्म सुन्तला बालीबाट उत्पादन आम्दानी लिन सकिने अवस्था छैन तसर्थ स्वस्थकर विरुवाउच्च घनत्व प्रविधिमार्फत लगाउने, १५ देखि २० बर्षसम्म आम्दानी लिने र फेरी नयाँ बगैचा लगाउने प्रबन्ध मिलाउन जरुरी छ जुन यी पकेटहरुमा सघन रुपमा संचालन हुन्छन जुन उत्पादन बृध्दितर्फ लक्षितहने छन् ।
० तर यस्ता जोन, सुपर जोन वा पकेट क्षेत्र घोषणा मन्त्रीहरुका एजेण्डा मात्र हुन् भन्न्छन् नि?
कुनै पनि कार्यक्रमको सुरुवात तथा सफलतामा राजनैतिक प्रतिबद्वता जरुरी हुन्छ । कार्यक्रमको उपयोगीता यसको कार्य प्रक्रिया सबै प्राविधिक रुपमा नै तयार गरिएको हुन्छ जस्मा प्राविधिक विज्ञहरुनै संलग्न रहेका हुन्छन् तसथर््ा योे बिशेष प्राविधिक योजना सहितको राजनैतिक प्रतिबद्वता सहित आएको कार्यक्रम हो भनेर बुझनु पर्छ । यो सह्राह्निय छ, समस्या वा एजेण्डा कस्को भन्ने भन्दा पनि यसको सफल कार्यान्वयन कसरी गर्ने भन्ने विषय महत्वपृूर्ण छ । यसले कृषकलाई व्यवसायी बनाउने लक्ष्य लिएको छ । कृषि व्यवसायमा संलग्न सबै सरोकारवालाहरुको संलग्नतामा मूल्यश्रृंखलाहरुको विकास गर्दै दिगो कृषि विकासको कल्पना गरेको छ । यसमा सबै क्षेत्रको सहयोग जरुरी छ ।

० उत्पादन गर्ने क्षेत्रका किसान वा जिल्लाका कार्यालयहरुको त्यसलाई कार्यान्वयनगर्न सक्ने अवस्था छ् त ?
यो महत्वपूर्ण प्रश्नगर्नु भयो । यो कार्यक्रम कार्यन्वयनसँग सम्बन्धित छ । कृषि प्रसार लगायत विभिन्न माध्यमबाट हाम्रा कृषकहरु व्यावसायिक रुपमा कृषि व्यवसाय संचालनगर्न सक्षमहुदै आएका छन । कतिपययुवाहरु वैदेशिक रोजगारीकाक्रममाविभिन्नप्रविधिहरु सिकेर नेपालफर्केका छन् जो कृषि व्यवसाय लाज नमानी गर्न सक्षम छन् । जहाँसम्म कृषि कार्यमा संलग्न कर्मचारीको कुरा छ उहाँहरु सक्षम हुनुहुन्छ, तर समस्या यसको उचितव्यवस्थापन र परिचालनमा छ । सहि मान्छेलाई सहि ठाउँमा जिम्मेवारी दिन हाम्रो व्यवस्थापन प्रशासन कहिल्यै सक्षम हुन सकेन । यो कृषि क्षेत्रमा मात्र हैन अन्यत्र पनि देखिन्छ । तसर्थ ठूलो श्रोेत साधन सहित आएको स्वदेशी आयोजनाको सफलता यसको मानवीय श्रोतको उचित परिचालनले ठूलो महत्व राख्दछ र यसमा सबैको ध्यानजान जरुरी देख्छु ।

० सुन्तला जातका बालीहरुको उत्पादन बृद्धि गर्नका लागि पकेट क्षेत्र घोषणा गरिए बमोजिम उत्पादन बृद्धि गर्नकालागि बजेट तथापूर्वाधारहरु छन् त ?
प्राकृतिक रुपमा हामीलाई सबभन्दा ठूलो क्षेत्र मध्य पहाड सुन्तलाजातफलफूलको ब्यवसायीकरणका लागि उपलब्ध छ । तराईका पानीनजम्ने उच्च क्षेत्रहरु कागतीको ब्यवसायिक खेतीको लागि उपयुक्त छन् । जहाँसम्म बजेट को कुरा छ हालका समस्याहरुलाई सम्बोधन गर्न सक्ने गरि व्यवस्था भएको देखिन्छ । यसमा निजी क्षेत्रको लगानी प्रवर्धन हुनु पर्छ जुन संभव छ, व्यवसायीहरु अनुकूल वातावरणको खोजीमा छन् । लगानी गर्ने वातावरण हुन सरकारी क्षेत्रबाट आवश्यक पूर्वाधारहरुको विकासमालगानीगर्नु पर्दछ । केहि यस्ता क्षेत्र छन जहाँ सरकारी लगानी सधै भइरहनु पर्छ । हालउपलब्धपूर्वाधारहरु पर्याप्त छैनन् तर आयोजनाले पूर्वाधार विकासकालागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।
० कृषिमा काम गर्ने जनशक्तिको अभाव छ । युवाहरु विदेशीएका छन्, के भयो भने वा के गरियो भने आत्म निर्भरतातिर नजिक पुगिएला त ?
नेपालकादुई तिहाई भन्दा बढि जनसंख्याकुनै न कुनै रुपमा कृषि क्षेत्रको उन्नतिसँग सम्बन्धित छ । नेपालीका लागि कृषि व्यवसाय भन्दा बढि संस्कृतिको रुपमा रहदै आएको हो । दिर्घकालीन कृषि नीतिको कार्यान्वयनसँगै पकेट क्षेत्रहरुको विकास गर्दै उत्पादन केन्द्रहरुको विकासको परिकल्पना गरिएको थियो । आवश्यक लगानी हुन नसक्नु, अनुकुलवातावरण रश्रम शक्तिको कमीकाकारण यो नीतिले आशातित सफलता हासिल गर्न सकेन तर स्रोत साधनको सघन सदुपयोग गरि पकेटहरुको विकासको शुरुवात भयो । जसको फलस्वरुप अहिले जोन सुपर जोनको परिकल्पना हुन सकेको हो । कृषि क्षेत्रका सबै विधामा आत्मनिर्भर हुन कठिन हुन्छ तर हाल देशमा उपलब्ध जनशक्तिको उचित स्रोत साधन सहित परिचालन गर्न सके हालभइरहेको चामल लगायतफल फूल तथाअन्य कृषि उपजको आयात प्रतिस्थापन गर्न सकिन्छ । युवाहरु विदेशिएका पनि छन् साथसाथै विदेशबाट कृषि व्यवसायको ज्ञान लिएर फर्केका यस पेशा प्रति आकर्षित युवाहरुको जमात पनि प्रशस्त छ । अहिलेको अवस्था वास्तवमै कृषि पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउनको लागि उपयुक्त छ । साथै हाल वैदेशिक सहयोगमा संचालित आयोजनाहरुको कार्यान्वयनबाट विभिन्न कृषि व्यवसायहरुको विकास भएको छ । जसकाकारण खेर गइरहेका बारी पाखाको समुचित विकास गरि कृषि व्यवसाय गर्न धेरैको चासोको बिषय बनेको छ ।
युवालगायत सबैलाई यस व्यवसायमा आकर्षित गर्न कृषिलाई यान्त्रीकरण गर्न जरुरी छ । गुणस्तरीय उत्पादन सामाग्रीको उपलब्धता, मूल्यश्रृंखलामा कार्यरत पात्रहरुको क्षमता अभिबृद्धि, बजार लगायत अन्य पूर्वाधारहरुको विकास लाई ब्यवस्थितगर्न सके युवाहरु लगायतनिजी क्षेत्रकालगानी कर्ताहरुलाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ, हाम्रा धेरै आवश्यकताहरु पुरा गरि विशेष बालीहरुको निर्यात प्रवर्धन सम्भव छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, साउन १७, २०७३