बुधबार, बैशाख १२, २०८१

कृषि उत्पादन संकलन केन्द्रको शिलान्यास

काठमाडौं,पुस १८ । । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि वाँस्कोटाले अवको कृषि प्रणालीलाई परम्परागतबाट परिवर्तन गरी व्यवसायिक कृषि उत्पादनतिर जोड दिनु पर्ने बताएका छन् । कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजनाको अनुदानबाट सञ्चालित व्यवसायिक अदुवा खेतीको स्थगलग भ्रमणका अवसरमा सचिव वाँस्कोटाले सो कुरा बताएका हुन् । धार्दिङको केवलपुरस्थित महिला सान किसान कृषि सहकारी संस्थाद्धारा सञ्चालित उक्त अदुवाखेती नेपालभरमा उत्पादन हुने अदुवा मध्ये सवैभन्दा अग्रस्थानमा रहेको पनि सो अवसरमा वाँस्कोटाले बताए ।
महिलाहरुकै नेतृत्वमा महिलाहरुमात्र सदस्य भएको सो कृषि सहकारी संस्थाले विगत बाह्रबर्षदेखि निरन्तर संघर्ष गर्दै गाउँमा अदुवा उत्पादन गरी निर्यात गर्न सफल भएकोमा महिलाहरुलाई अझ अगाडि बढ्न हौसला प्रदान गर्दै सचिव वाँस्कोटाले सरकारका तर्फबाट व्यवसायिक अदुवा खेतीका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
स्थलगत निरीक्षण कै क्रममा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रको विकास लागि र व्यवसायिक कृषिमा आकर्षित गर्नका लागि पनि मन्त्रालयले विभिन्न आयोजनाहरु सञ्चालन गरिरहेकाले मन्त्रालयबाट सञ्चालित आयोजनाहरुबाट किसानहरु फाइदा लिन सक्नेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे । सो अवसरमा बोल्दै सचिव खनालले किसानहरुले आफूले कृषि पेशा अंगाली रहेको अवस्थामा कृषि उत्पादनमा हुने क्षतिलाई समेत लक्षित गरी बाली तथा पशुधन बीमा लागू गरिसकेकाले त्यसबाट फाइदा लिन समेत किसानहरुलाई आग्रह गरेका थिए । krishahari and jayamukunda
स्थलगत निरीक्षण कै अवसरमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पुरक अनुदानमा केवलपुर पण्डित पौवा वडा नं.१ म निर्माण गर्न लागिएको कृषि उत्पादन संकलन केन्द्रको सचिवद्धय बाँस्कोटा र खनालले संयुक्त रुपमा शिलान्यास समेत गरेका थिए ।
शिलान्यास समारोह लगतै महिन साना किसान सहकारी संस्थाले आफ्नो एघारौं साधारणसभाको समेत उद्घाटन सम्पन्न गरेको थियो । सो साधारणसभापनि सचिवद्धयले नै उद्घाटन गरेका थिए । सहकारीको एघारौं साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथिसमेत रहेका सचिव कृष्णहरि वाँस्कोटाले अवका महिलाहरु घरधन्दा र चुलौ चौकामा मात्र सिमित नभई आप्mनै गाउँमा बसेर व्यवसायिक कृषिमा अग्रसर भए रोजगारीको राम्रो अवसर हुने र आर्थिक उपार्जनसँग राष्ट्र निर्माणमा महिलाहरुको योगदान उल्लेखनीय हुन सक्ने बताए । मुलुकको आमूल परिवर्तनमा महिलाहरुको भूमिका महत्वपूर्ण भएकाले हरेक कुरामा महिला सहभागीतालाई अनिवार्य गराउन आफू लागेको समेत बताए । हरेक क्षेत्रमा महिलाहरु क्रियाशील भईरहेको प्रसंग कोट्याउँदै सचिव बाँस्कोटाले व्यवसायिक कृषिको विकास लागि पनि हरेक घरका महिलाहरु नै सक्रिय भए मुलुकले व्यवसायिक कृषिमा फड्को मार्ने समेत खुलासा गरे ।
सो अवसरमा कृषि विकास मन्त्रालयमा सचिव जयमुुकुन्द खनालले पनि अवको कृषि क्रान्ति महिलाहरुबाट नै सम्भव भएको भन्दै स्वविवेक प्रयोग गरेर महिलाहरुले आफ्नो अधिकारका लागि एकबद्ध भएर लाग्न सल्लाह समेत दिएका थिए । सचिव खनालले महिला साना किसान सहकारी संस्थाले स्थापनाकालदेखि नै संघर्षमय रुपमा कार्यगरेकाले नै आज सफल सहकारी बन्न सफल भएको र सहकारीले गरेका हरेक उत्पादनशील कार्यले सफलता हात पार्दै गईरहेको समेत बताए ।
सो कार्यक्रममा व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले व्यवसायिक कृषि उत्पादन गर्ने किसानहरुका पक्षमा आयोजना रहेकाले सफल रुपमा कृषि उत्पादनमा लाग्ने किसान वा कृषकसमूहलाई आफूहरुले जुनसुकै समयमा पनि सहयोग गर्न सक्ने बताउँदै व्यवसायिक कृषि उत्पादनका लागि पैसाका अभावबाट कृषि उत्पादनबाट बञ्चित हुनु नपर्ने बताउँदै समग्र किसानका लागि आयोजनाले दत्तचित्त भएर सहयोग गर्ने बताए ।

प्रकाशित मिति: बिहिबार, पुस १८, २०७०