शुक्रबार, चैत्र १६, २०८०

कृषि अवलोकन भ्रमण सम्पन्न

हुम्ला, १२ भदौ । फाउन्डेसन नेपालको आयोजनामा सिककोटबजार र गाउँमा तरकारी खेतीसम्बन्धी अवलोकन भ्रमण सम्पन्न भएको छ । जिल्लाको सिमकोट, डाँडाफया, बरगाउँ, ठेहेर र खार्पुनाथ गाविसका ६८ महिला कृषकले तरकारी खेती उत्पादन गरेका स्थानमा भ्रमण गरेका हुन् । सो संस्थाले स्वास्थ्य, शिक्षा तथा आयआर्जन क्षेत्रमा कार्यक्रम लागू गरेको छ । त्यसमा सहभागी हिलाकला परियारले संस्थाले बाख्रा, कुखुरा, मौरी तथा तरकारीमा आयआर्जन गरी बचत गर्न सिकाएको जानकारी गराउनुभयो ।
सहभागी वाँच भण्डारीले विद्यालयमा केटाकेटीका लागि शैक्षिक सामग्री, महिला साक्षरता तथा स्वास्थ्य चौकी, समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य आयमूलक कार्यक्रमबाट प्रशस्त रुपमा आम्दानी भएको बताउनुभयो । फाउन्डेसन नेपालका जिल्ला संयोजक सौरभ लामाले सहभागीलाई राम्रोसँग प्रशिक्षण गराउनका साथै सो कार्यालयबाट सहयोग निरन्तर रहने जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहिबार, भदौ १२, २०७१