शुक्रबार, चैत्र १६, २०८०

कृषि अनुसन्धान परिषद्का तीनसय भन्दा बढी कर्मचारी काजमा

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले काजमा रहेका कर्मचारीहरुलाई आ–आफ्नो कार्यालय फर्काउन पहल गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । कृषि विकास मन्त्रालय भित्रै दरवन्दी भएर पनि अन्य कार्यालय तथा आयोजनामा काजमा रहेका व्यक्तिहरु समेत भटाभट काज फिर्ता आईरहेका छन् । तर, त्यही कृषि विकास मन्त्रालय मातहतमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्का (नार्क) मा दरवन्दी भएका चौथाई भन्दा बढी कर्मचारीहरु भने काजमा गएर फर्केका छैनन् । narc
नार्कबाट काजमा जाने कर्मचारीहरु मध्ये केही कर्मचारीहरु त १२÷१३ बर्षदेखि काजमा गएको भएपनि फर्केका छैनन् । त्यत्तिमात्र होइन सामान्य प्रशासन मन्त्रालयले काजमा गएकाहरुले आआफ्नो कार्य क्षेत्रमा फर्कन आग्रह गरेको भएपनि नार्कबाट भने काजमा जानेहरुको संख्या बढ्दै गईरहेको छ । जागिर नार्कमा खाने अनि काजका नाममा राजनीति गर्दै अन्य कार्यालयमा गएर काम नगर्ने परिपाटीका कारण पनि नार्कले कृषि क्षेत्रको विकासका लागि जति परिवर्तन गर्नुपर्ने थियो त्यो गर्न सकिरहेको छैन । करीव १ हजार ३ जना कर्मचारी रहेको नार्कका ३ सय भन्दा बढी कर्मचारीहरु काजमा गएका छन् भने अझै जाने क्रम जारी छ ।
कृषिको अनुसन्धानका खटिनु पर्ने नार्कका कर्मचारीहरु आफ्नो काम भन्दा पनि जागिर बाटोमा हिड्दै काजमा जान थालेपछि नार्कको धेरै भन्दा धेरै काम ओझेलमा परिरहेको नार्कका एक उच्च अधिकारीले बताएका छन् ।
भएका कर्मचारीहरु काजमा जाने गरेका छन् भने नार्कको महत्वपूर्ण पदका रुपमा रहेको वैज्ञानिकहरुको पदमा अझै पनि सयभन्दा बढीको संख्यामा पद अझै पनि रिक्त रहेको नार्क प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ १४, २०७२