मङ्लबार, चैत्र ६, २०८०

कृषि अनुदान दुरुपयोग भएको अर्थमन्त्रीको भनाई

काठमाडौँ । कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान दुरुपयोग भएको अर्थमन्त्री डा युवराज खतिवडाले स्वीकार गरेका छन् । सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन ।
अनुदानमा दुरुपयोग भएका कारणल सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन लागेको समेत बताएका छन् । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले उनले खुलासा गरे ।
“राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु ग¥यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले सरकारले पुनरावलोकन गर्न लागेको हो”, मन्त्री खतिवडाको भनाई थियो ।
सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका लागि कृषि र सहकारीमन्त्रीसँग छलफल गर्ने तयारीमा अर्थमन्त्रालय लागेको छ ।
रासायनिक मल, यन्त्र उपकरण, अन्य शीतभण्डार वा अन्य प्रशोधनका लागि दिइने अनुदान सहकारीको माध्यमबाट जानुपर्ने र आधुनिकीकरणसहितको कृषि उद्यममा सरकारले सहयोग गर्ने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५