बिहिबार, बैशाख १३, २०८१

कृषिमा जलवायु परिवर्तनको प्रभावका नाममा अवौं खर्च

काठमाडौं, साउन । पछिल्लो समयमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका बारेमा विदेशी दातृनिकायहरुले अनुसन्धान गर्ने नाममा अवौैं रुपैयाँ खर्च गरेको देखिन्छ । नेपाल जलवायु परिवर्तनको असरको अत्यन्त जोखिममा रहेको मुलुक भएको उनीहरुले औल्याएका पनि छन् । विशेष गरी संयुक्त राष्ट्रसंघ विकास कार्यक्रममा जोडिएका एवं अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कृषिमा जलवायु परिवर्तनको प्रभावका नाममा मात्र ठूलो रकम खर्च गरिएको देखिन्छ ।krishi budget विगत चार वषको अवधिलाई हेर्ने हो भने जलवायु परितर्वनसँग सम्वन्धित बजेट विनियोजित भएका मुख्य क्षेत्रहरुमा पनि आर्थिक मामिलामा पर्ने क्षेत्र भन्दै कृषि, यातायात, इन्धन तथा उर्जा, अनुसन्धान तथा विकास एवं अन्य उद्योग भनिएको छ । त्यस मध्ये सवै भन्दा बढी खर्च कृषि गरिएको संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम एवं युकेएडले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कृषि क्षेत्रमा जववायु परिवर्तनले पारेको प्रभावका नाममा अवौं रुपैयाँ खर्च गरिंदा पनि नेपाली किसानहरुका लागि त्यसबाट के उपलब्धि भयो प्रश्न चिन्ह खडा भएको छ ।
संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, युके एड, गर्भनेन्स अफ क्लाईमेट चेन्ज फाइनान्स, फ्रिडम फोरम समेतले जलवायु परिवर्तनले प्रभाव पार्ने क्षेत्र मध्ये आर्थिक मामिलामा पर्ने क्षेत्र भन्दै उल्लेखित क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ देखि २०७३/७४ सम्ममा २ खर्व ७४ अर्व २ करोड खर्च गरिसकेको देखिन्छ । त्यस मध्ये कृषि क्षेत्रमा १ खर्व १० अर्व ५९ करोड ५२ लाख खर्च गरेको तथ्यांकमा देखिएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा पनि १ खर्व ९ अर्व २ करोड बजेट विनियोजित गरेको देखिन्छ भने कृषिमा त्यसको ४५ प्रतिशत अर्थात ४९ अर्व १४ करोड रुपैयाँ खर्च गर्ने तयारी गरिएको छ ।
चालु आर्थिक वर्षमा कृषि विकास मन्त्रालयको बजेट नै करीव २४ अर्व देखिन्छ भने गैरसरकारी संस्थाहरुले कृषिमा जलवायु परिवर्तनले पार्ने प्रभावको अनुसन्धान लगायतका कार्य गर्न मात्र मन्त्रालयको बजेटको दोब्वर बजेट खर्च गरिनुलाई कसरी हेर्ने ? के कृषि विकास मन्त्रालयको सम्वन्धित निकायले यस तर्फ चासो देला वा फेरि यही नाममा विदेश भ्रमणमा जाला ? – विशेष व्यूरो

प्रकाशित मिति: आइतवार, साउन २२, २०७४