शनिबार, बैशाख ८, २०८१

कृषिमन्त्री पराजुलीलाई ज्ञापनपत्र

काठमाडौँ, १८ चैत । युवा किसान सङ्घ नेपालले कृषि क्षेत्रका समस्या समाधान गर्न माग गर्दै आज कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष बाबुराम थापाको नेतृत्वमा गएको टोलीले मावि तहसम्म कृषि र प्राविधिक शिक्षा पाठ्यक्रममा समावेश, प्रत्येक निर्वाचन क्षेत्रमा कृषि प्राविधिक शिक्षालयको व्यवस्था, गाविसस्तरीय कृषि तथा प्राविधिक सेवा केन्द्रको स्थापना, समग्र कृषि क्षेत्रमा राज्यको लगानी, कृषि सामग्री मल, बीउ, कृषि यन्त्र र उपकरणमा पर्याप्त अनुदानको व्यवस्था, बैंंकिङ क्षेत्रमा सहज र सुलभ कृषि लगानी मैत्री वातावरण सिर्जना गरिनुपर्नेलगायतका माग अघिसारेको छ । ज्ञापनपत्र ग्रहण गरेपछि मन्त्री पराजुलीले टोलीलाई सम्भव भएका मागलाई तत्काल तथा अन्यलाई दीर्घकालमा समाधान खोज्ने गरी कार्य अगाडि बढाउने विश्वास दिलाउनुभएको थियो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १८, २०७०