शनिबार, बैशाख ८, २०८१

कृषिको बजेट रिसोर्ट मै झ्वाम

काठमाडौं २४ फागुन । नेपाली किसानहरुको जीवन स्तर सुधार्नका लागि विदेशी दातृ निकायहरुले दिएको रकम कृषि उत्पादनका निम्ति प्रयोग हुनु पर्दछ भन्नेमा कसैको दुईमत छैन होला । तर कृषि उत्पादनका लागि खर्च गरिनु पर्ने अनुदान रिसोर्टमा रमाइलो गर्द खर्च गरियो भने के होला ? सहजै अनुमान लगाउन सकिन्छ किसानको नाममा आएको रकम सहि सदुपयोग हु“दैन । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले मन्त्रालयको बजेतलाई मितव्ययी बनाउन कुनै पनि कार्यक्रमहरु ठूला होटलहरुमा नगर्ने निर्णय गरेको भएपनि मन्त्रालयका उच्च अधिकारीहरु भने त्यसलाई स्वीकार गर्न तयार भएका छैनन् ।
कृषि विभाग मातहत एडिवीको सहयोगमा सञ्चालनमा आएको साना तथा मझौला कृषक जीवनस्तर सुधार आयोजनाले उपआयोजनाहरु सञ्चालनमा नल्याउ“दै अनुभव साटासाटा गर्ने भन्दै कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई निम्तो दिएर अहिले विहान ९ ः३० बजेदेखि कार्यक्रम हुन गईरहेको कृषि अनलाईनलाईन प्राप्त भएको छ । कार्यक्रममा विभाग र मातहतका अधिकृत एवं विभिन्न आयोजनाका प्रमुखहरुलाई शनिवार नगरकोटको होटल निभामा आवास सहितको निम्तो दिएर आयोजनाको बजेट स्वाहा पार्न खोजिएको छ ।
अनुभव साटासाट गर्ने विषय तोकिएको र आयोजकका रुपमा रहेको आयोजनाले हालसम्म पनि उपआयोजना वितरण गरिसकेको अवस्था छैन । विगतदेखि नै आन्तरिक विवादमा तानिएको सो आयोजनाका प्रमुख शम्भु देवको हठका कारण आयोजना सञ्चालनमा धेरै नै समस्या आएपछि उनलाई सो आयोजनाबाट सरुवा गरिए र सो ठाउ“ गोकर्णराज अर्याललाई ल्याएको थियो । मध्यपश्चिमाञ्चलका किसानहरुलाइ लक्षित गरिएको सो आयोजनाको कार्यालय नेपालगञ्जमा छ भने उपआयोजनाका लागि प्रस्ताव माग भएपनि उपआयोजना वितरण गर्दै नगरेको अवस्थामा अनुभव साटासाट गर्ने नाममा आयोजनाको रकम नगरकोटको रिसोर्टमा गएर खर्च गरिनुलाई शंको दृष्टिकोणमा हेरिन थालिएको छ । नगरकोटमा आयोजना गरिएको सो कार्यक्रमप्रति आयोजनाभित्रै केही कर्मचारीहरु रुष्ट बनेका छन् । नगरकोटमा करीव ५ दर्जन भन्दा बढीको उपस्थिति रहेको पनि खुल्न आएको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २४, २०७०