शनिबार, बैशाख ८, २०८१

कृषिको बजेट बाटोमा सरोकारवाला मन्त्रालय मौन ?

काठमाडौं, असोज । कृषिका लागि पठाइएको बजेटले धमाधम बाटो बन्दै छन् । पहरोलाई डोजर लगाएर बाटाहरु छिचोल्दै छन् । तर सरोकारवाला मन्त्रालयल मौन छ । चालु आर्थिक वर्षदेखि कृषि तथा पशु विकासका लागि छुट्याइएको बजेट स्थानीय तहमा पठाईएपछि बजेट कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गर्न थालिएको छ । अधिकांश स्थानीय तहले आफूलाई सरकारले उपलब्ध गराएको बजेट विकास निर्माणकै लागि विनियोजित गरेपछि यो अन्यौलता छाएको हो । कृषि विकास मन्त्रालय तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमा पठाएको बजेट अहिले बाटो निर्माण, पुल निर्माण विद्यालय निर्माण जस्ता कार्यमा खर्च गरिन थालिएको छ । ministry-of-agriculture
स्थानीय तहका पठाइएको शर्त सहितको बजेट तोकिएकै क्षेत्रमा खर्च गरिन लागिएको भएपनि निशर्त रुपमा पठाइएको बजेट अन्य क्षेत्रमा धमाधम खर्च हुँदा पनि सम्वन्धित मन्त्रालय थाहा नपाए झै बसिरहेको छ । केही दिन अगाडि बाजुरामा खोरेतको प्रकोप भयो । पशुपालन गरिरहेका किसानहरु जिल्ला पशु सेवा कार्यालय तर विगतमा उपचार गर्न दौडिहाल्ने सो कार्यालयका कर्मचारीहरु निरिह भए र गाउँपालिकामा जाने आग्रह गरे । खोरेत उपचार गर्नका लागि सो कार्यालयसँग बजेट थिएन । हो अहिले मुलुकभर जिल्ला स्थित कृषि विकास तथा पशु विकास कार्यालयको हवितग यस्तै छ ।
स्थानीय तहमा गएको बजेटको सहि सदुपयोग भएन भन्ने प्राविधिक मन्त्रालयका उच्च अधिकारी एवं जिल्ला स्थित कार्यालयका प्रमुखहरुले स्थानीय तहले बजेट निर्माण गरिरहँदा आफ्नो विषयमा कुरा उठाएन त्यसकारण स्थानीय तहका जनप्रतिनिधिहरुले कृषि र पशु विकासको बजेट तिर त्यत्ति ध्यान दिन सकेनन् । हुन पनि पशुपन्छीमा लाग्ने रोगहरु र निदानका लागि गर्दा आवश्यक पर्ने बजेटको विषयमा उनीहरुलाई जानकारी पनि नहुन सक्छ । त्यसकारण पनि उनीहरुले शर्त सहितको बजेट आफ्नो बार्षिक बजेटमा राखे निशर्तको अन्तै व्यवस्था गरिदिए । त्यो एक प्रकारले ठिकै पनि थियो होला । निशर्त रुपमा पठाएको बजेट कुन प्रयोजनका लागि भन्ने नखुलेकै कारण कृषि तथा पशु विकासको बजेट अन्यत्र खर्च गरिन थालिएको छ ।
कृषि विकास तथा पशु विकासका लागि पठाइएको बजेटलाई कृषि तथा पशु विकासका लागि खर्च गर्नका लागि सम्वन्धित मन्त्रालयले अर्थ मन्त्रालय तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल समेत चलाएको देखिंदैन । यही चालाले कृषि तथा पशु विकासको बजेट बाटो निर्माणमा खर्च नभएर के मा हुन्छ त ?

प्रकाशित मिति: शनिबार, अशोज २८, २०७४