बिहिबार, चैत्र १५, २०८०

कृषकका छोराछोरीलाई वैज्ञानिक बनाइन्छ–कृषिमन्त्री

तनहुँ, २२ चैत । कृषि विकासमन्त्री हरि पराजुलीले कृषकलाई परिचयपत्रका आधारमा व्यावसायिक तथा सामूहिक खेती गर्ने बजेट ल्याउन लागिएको बताए । नेकपा(एमाले ) जिल्ला पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटमा उनले परिचयपत्रको आधारमा कृषकले रु ५० हजारसम्म बिनाधितो ऋण लिने व्यवस्थासमेत गरिने जानकारी दिए । मन्त्री पराजुलीले परिचयपत्र प्राप्त कृषकका छोराछोरीलाई कृषि वैज्ञानिक बनाउन पाँच वटै विकास क्षेत्रमा कृषि अनुसन्धान केन्द्रबाट प्राविधिक तथा स्नातकसम्म निःशुल्क पढाउने व्यवस्था गर्न लागिएको समेत बताए ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७०