बुधबार, बैशाख १२, २०८१

किसान परिचय पत्र वितरण गरिदैँ

काठमाडौं, १० बैशाख । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले बैशाख महिनादेखि किसानलाई किसान परिचय पत्र वितरण गर्ने भएको छ । वास्तविक किसानको पहिचान गरि वैशाख महिनाबाट किसान परिचय पत्र वितरण शुरु गर्ने अन्तिम तयारीमा रहेको कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरीले जानकारी दिए । उनका अनुसार पहिलो चरण अन्तर्गत चालु आर्थिक वर्षमा जिल्लका पाँच हजार किसानलाई किसान परिचय पत्र वितरण गरिने छ ।
राज्यले मल, वीउ, विषादीमा दिने अनुदान लगायत अन्य सबै सेवा र सुविधालाई वास्तविक किसानको पहुँचमा पु¥याउने उदेश्यले परिचय पत्र वितरण गर्न लागिएको गिरीले बताए । स्थानीय निकायको सिफारिसको आधारमा वास्तविक किसानको पहिचान गरि उनीहरुलाई मात्र परिचय पत्र वितरण गर्न लागिएको हो । परिचय पत्र लागु गरेपछि किसानको नाममा टाठावाठा र गैर किसानले लिदै आएको अनुदान लगायतका सुविधाको अन्त्य हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
परिचय पत्र वितरण गर्नको लागि अहिले दु्रत गतिमा काम भइरहेको भन्दै कार्यालयले केहि दिन भित्रै वास्तविक किसानको लगत संकलनको काम पनि शुरु हुने बताएको छ । सुर्खेतमा अहिले करिव ४५ देखि ५० हजारसम्म वास्तविक किसान रहेको र उनीहरु सबैलाई आगामी वर्षहरुमा क्रमश परिचय पत्र प्रदान गरिने बताइएको छ । किसान परिचय पत्रले वास्तविक किसानको आत्मसम्मान हुनुको साथै उनीहरुको उत्साहमा समेत वृद्धि हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७३