शनिबार, बैशाख ८, २०८१

किसान ढाँट्दै सीजी सिड्स

काठमाडौं पुस ६। बहुराष्ट्रिय अमेरिकी कम्पनी मोनसान्टोद्धारा उत्पादित कुनै पनि प्रकारको बीउ आयात गरेर विक्री वितरण नगर्ने सीजी सिड्स एण्ड फर्टिलाइजरले बताएको छ । सीजीले पछिल्लो समयमा मोनसान्टो कम्पनीको तरकारीको बीउ आयात गर्न सरकारसँग स्वीकृतका लागि दौडधुप गरिरहेको अवस्थामा पत्रकार सम्मेलन गरी उसले सो कम्पनीको वीउ आयात र विक्री नगर्ने बताएको छ । गत सातामात्र सीजी सिड्सका प्रतिनिधि मोनसान्टोद्धारा उत्पादित काउलीको मेघा, बन्दाको जेनिथ, काँक्रोको मालिनीर भाण्टाको सामली नाम गरेको वीउ आयात गर्न वीउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा धाईरहेका छन् । सीजीले विगतमा विक्री वितरण गरेका कतिपय बीउ हाइव्रिडमो भन्दै गुणस्तरहीन बीउ किसानलाई विक्री गरेको देखिन्छ ।
Chaudhary-groupसीजीले पत्रकार सम्मेलन गरी मोनसान्टोको वीउ नल्याउने भन्ने र अर्कोतिर बीउ आयात गर्नका लागि दौडधुप गर्नुले कम्पनीको दोहोरो चरित्रमाथि शंका पैदा भएको छ । सीजीले मोनसान्टो कम्पनीसँग आफूहरुको कुनै सम्वन्ध नरहेको र विगतमा भएको सम्वन्ध गत बर्ष नै तोडिसकेको समेत बताएको छ । विगतमा बंशाणुगत गुणमा फेरवदल गरी बीउ किसानलाई विक्री गरेका कारण धेरै किसानहरुले फाइदा लिन सकेका थिएनन् । किसानहरुले सीजी सिड्का बीउहरु गुणस्तर नभएको भन्न थालेपछि कम्पनीले पत्रकार सम्मेलन गरी अव विगतमा जस्तो बंशाणुगत गुणमा फेरवदल गरिएका वीउहरुलाई आफुहरुले प्रोत्साहन नदिने बताउनुले विगतमा त्यही कार्य गरेका प्रष्ट पार्दछ । कम्पनीका प्रवन्ध निर्देशक अविनाश पन्तले भने अनुसार गत बर्ष सरकारको अनुमतिमा मोनसान्टो कम्पनीकै हाइब्रीड जातको मकैको वीउ आयात गरेर विक्री गरेको स्वीकार गरेका छन् ।
सीजीले सरकारसँग मकैको वीउ आयात गर्दा स्वीकृत गरिएको वीउ नल्याएर अन्य वीउ ल्याएका कारण पनि पत्रकार सम्मेलनमा वीउको जातको बारेमा स्पष्ट पारेन् । हरेक क्षेत्रमा हात हाल्दै आईरहेको सीजी फुड्सले पछिल्लो समयमा सरकारबाट ठूलो रकम अनुदान हात पार्नका लागि कृषि क्षेत्रमा पनि आफूलाई उभ्याएको कृषि विकास मन्त्रालयका एक अधिकारीले बताएका छन् । शक्तिका भरमा कही कतै अनुदान झ्वाम पार्न पनि सीजीले यस्तो कार्य गरेका उनको तर्क छ । यद्यपी सीजीले पछिल्ला समयमा तराईका जिल्लामा वितरण गरेका वीउहरु उत्पादनका दृष्टिकोणले अत्यन्तै न्यून उत्पादन हुने र गुणस्तरहीन वीउ सप्लाई गरेको समेत बीउ विजन गुणस्तरका एक अधिकृतले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०७०